मधेश प्रदेशमा एमालेको कन्तबिजोग, यी हुन् ५ हजारभन्दा कम मत ल्याउने एमालेका उम्मेदवारहरू
काठमाडौं। मधेश प्रदेशमा नेकपा एमालेको कन्तबिजोग अवस्था देखिएको छ। मधेशमा एमालेबाट हजार भोट नल्याउने उम्मेदवार पनि रहेका छन्। सप्तरी-२ नेकपा एमालेका उम्मेदवार मोहम्मद जियाउल रहमान ८८३ मत ल्याएर सातौं स्थानमा सीमित भएका छन्।उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादवले २८,४४ मत ल्याएर विजयी भएका थिए। सातौं स्थानमा रहेका एमालेका उम्मेदवार रहमानको हरिबिजोग देखिएको हो।
सप्तरी-४ बाट नेकपा एमालेका उम्मेदवार बनेका गंगा प्रसाद चौधरीले १,१७७ मत ल्याएर पाँचौं स्थानमा सीमित भएका छन्। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सिताराम साह ३६,४१२ मत ल्याएर विजयी भएका हुन्। सप्तरी-१ मा नेकपा एमालेका उम्मेदवार सुमनराज प्याकुरेल तेस्रो र सप्तरी-३ मा एमालेका उम्मेदवार ताराकान्त चौधरी चौथो भएका छन्।
सिराहा-१ मा एमालेका रामशंकर यादव र सिराहा-२ मा एमालेका नवीनकुमार यादव तेस्रो भएका छन्। सिराहा-३ मा भने एमालेका उम्मेदवार लिलानाथ श्रेष्ठ दोस्रो भएका हुन्। सिराहा-४ मा नेकपा एमालेका उम्मेदवार धर्मनाथ प्रसाद साह ४,२२७ मत ल्याएर चौथो भएका छन्। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका तपेश्वर यादव ३६,२१० मत ल्याएर विजयी भएका हुन्।
धनुषा-१ मा एमालेमा रामचन्द्र मण्डल तेस्रो भएका छन्। धनुषा-२ मा पनि एमालेका उमाशंकर अरगरिया तेस्रो भएका हुन्। धनुषा-३ मा एमालेको जुली महतो र धनुषा-४ मा पनि एमालेका रघुवीर महासेठ तेस्रो भएका हुन्।
महोत्तरी-१ मा एमालेका लक्ष्मी कोइरी तेस्रो भएका छन्। महोत्तरी-२ मा ३,५२४ मतमा सीमित हुँदै एमालेका कासिफ नफाद चौथो भएका हुन्। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दिपक कुमार साह ३२,७२२ मत ल्याएर विजयी भएका हुन्।
महोत्तरी-३ मा एमालेका मनोज कुमार सिंह १,५१६ मत ल्याएर सातौं स्थानमा सीमित भएका छन्। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उज्ज्वल कुमार झा ३२,४५१ मत ल्याएर विजयी भएका हुन्। महोत्तरी-४ मा पनि एमालेकी निलम अधिकारी चौथो भएकी छिन्।
सर्लाही-१ मा एमालेका मनोज कुमार देवकोटा तेस्रो भएका छन्। सर्लाही-२ मा एमालेका नागेश्वर साह १,४६३ मत ल्याएर सातौं स्थानमा पुगेका हुन्। उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका रविन महतो ४२,५१२ मत ल्याएर विजयी भएका हुन्। सर्लाही-३ मा एमालेका विनोदकुमार खनाल र सर्लाही-४ मा एमालेका अमनिश कुमार यादव तेस्रो भएका हुन्।
रौतहट-१ मा एमालेका अजयकुमार गुप्ता दोस्रो भएका छन्। रौतहट-२ मा एमालेका महम्मद अतिउल्लाह २,३८२ मत ल्याएर पाँचौं स्थानमा सीमित भएका हुन्। उक्त क्षेत्रमा नेपाली कांग्रेसका मो. फिरदोश आलम २९,५२८ ल्याएर विजयी भएका छन्। रौतहट-३ मा कुन्दन प्रसाद कुशवाहा चौथो भएका हुन्।
रौतहट-४ मा एमालेका रामजी साह सोनार ३,४७८ मतमा सीमित हुँदै चौथो स्थानमा पुगेका छन्। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल ३६,८७६ मत ल्याएका विजयी भएका हुन्।
बारा-१ मा एमालेका उम्मेदवार अच्युतप्रसाद मैनाली तेस्रो भएका छन्। बारा-२ मा एमालेका उम्मेदवार बलबिर प्रसाद चौधरी चौथो स्थानमा पुगेका हुन्। बारा-३ मा पनि एमालेकी ज्वाला कुमारी साह चौथो स्थानमै रहेकी छिन्। बारा-४ मा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ दोस्रो स्थानमा छन्।
पर्सा-१ मा एमालेका उम्मेदवार प्रदिप यादव दोस्रो भएका छन्। पर्सा-२ मा एमालेकी रिमाकुमारी यादव तेस्रो, पर्सा-३ मा एमालेका रूकेश कुमार पाण्डेय तेस्रो र पर्सा-४ मा एमालेका उम्मेदवार जालिम मियाँ मंसुरी तेस्रो स्थानमा सीमित भएका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस