यी हुन् हजारभन्दा कम मतान्तरले हार्ने पूर्व स्वास्थ्यमन्त्री ढकालसहितका उम्मेदवारहरू


काठमाडौं। एक हजारभन्दा कम मतान्तरले हार्ने १ दर्जन बढी उम्मेदवारहरू रहेका छन्। पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकालदेखि पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलसम्म हजारभन्दा कम मतान्तरले पराजित भएका हुन्। पूर्व स्वास्थ्यमन्त्री एवं एमाले उम्मेदवार ढकाल तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बासँग ८७९ मतले पराजित भएका हुन्। सुब्बाले ११,५६१ मत ल्याएर विजयी हुँदा ढकाल १०,६८२ मतमा सीमित हुँदै पराजित भएका हुन्। इलामबाट श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बु नेपाली कांग्रेसका निश्कल राईसँग ९११ मतले पराजित भएका छन्। राई १४,५४३ मत ल्याएर विजयी हुँदा लिम्बुले १३,६३२ मतमा ल्याएर पराजय भोगेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका मिङमा शेर्पा संखुवासभाबाट ६३६ मतान्तरले एमालेका डा. अर्जुनकुमार कार्कीसँग पराजित भएका छन्। नेकपा एमालेका अर्जुनकुमार कार्की १५,६३६ ल्याएर विजयी हुँदा रास्वपाका शेर्पा १५,००० मत प्राप्त गरी पराजित भएका हुन्।

नेपाली कांग्रेसका कुमार लुईंटेल स्वास्वपाका विश्वराज पोखरेलसँग ५ मतले पराजित भएका छन्। रास्वपाका पोखरेल १३,९५३ मत ल्याएर विजयी हुँदा लुईंटेल १३,९४८ मतमा सीमित हुँदै पराजय भोगेका हुन्। सिन्धुलीमा नेकपा एमालेका उम्मेदवार प्रदिप कटुवाल रास्वपाका धनेन्द्र कार्कीसँग ८०० मतान्तरले पराजित भएका छन्। सिन्धुली-१ मा रास्वपाका कार्की १६,६५९ मत ल्याएर विजयी हुँदा कटुवाल १५,८७५ मतमा चित्त बुझाउन बाध्य भएका हुन्।

दैलेखमा एमालेका रविन्द्रराज शर्मा नेपाली कांग्रेसकी बासना थापासँग ५७६ मतान्तरले पराजित भएका छन्। थापा १२,३७२ मत ल्याएर विजयी हुँदा ११,७९६ मतमा सीमित हुँदै पराजित भएका हुन्। बागलुङ-२ मा नेपाली कांग्रेसका टेकराज पौडेल रास्वपाका सोम शर्मासँग ७७९ मतान्तरले पराजित भएका हुन्। रास्वपाका शर्मा १२,६४७ मत ल्याएर निर्वाचित हुँदा पौडेल ११,८६८ मत पाएका पराजित भएका हुन्।

गुल्मी-२ मा नेकपा एमालेका गोकर्णराज विष्ट रास्वपाका गोविन्द पन्थीसँग ५६१ मतान्तरले पराजित भएका छन्। पन्थीले १६,९६७ मत ल्याएर विजयी हुँदा विष्ट १६,४०६ मतमा सीमित हुँदै चुनाव हारेका हुन्।

अछाम-१ मा नेकपा नेपाली कम्युनिष्ट पार्टीका भीमबहादुर रावल ५२६ मतान्तरले नेपाली कांग्रेसका भरतकुमार स्वारसँग पराजित भएका छन्। स्वारले १०,७५९ मत ल्याएर विजयी हुँदा रावल १०,२३३ मत पाएर पराजित भएका हुन्। अछाम-२ मा नेपाली कांग्रेसका पुष्पबहादुर शाह नेकपा एमालेका यज्ञबहादुर बोगटीसँग ४७२ मतान्तरले पराजित भएका छन्। एमालेका बोगटी ९,५१८ मत ल्याएर विजयी हुँदा कांग्रेसका शाह ९,०४६ मत पाएर पराजित भएका हुन्।

बाजुरामा नेकपा एमालेका लालबहादुर थापा नेपाली कांग्रेसका जनकराज गिरीसँग ५४० मतान्तरले पराजित भएका छन्। कांग्रेसका गिरी १७,१७३ मत ल्याएर विजयी हुँदा एमालेका थापा १६,६३३ मत पाएर पराजित भएका हुन्। डोटीमा नेकपा एमालेका दिपककुमार धामी नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्कासँग ७८७ मतान्तरले पराजित भएका हुन्। कांग्रेसका खड्काले १४,८९७ मत ल्याएर विजयी हुँदा एमालेका धामी १४,११० मतमा सीमित हुँदै पराजय भोगेका हुन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ