जलेको संसद् भवनमा लेखा अधिकृत अधिकारीको रजाइँ, अनधिकृत रूपमा गाडी र स्कुटर दुरूपयोग
काठमाडौं। जलेर ध्वस्त भएको संसद् भवनमा लेखा अधिकृत रोशाना अधिकारीको रजाइँ चलिरहेको छ। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ‘जेनजी’ आन्दोलनका क्रममा जलेर ध्वस्त भयो। जलेर ध्वस्त भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सम्पत्तिमा भने कर्मचारीको रजाइँ चलिरहेको पाइन्छ।
करिब दुई वर्ष अघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सरूवा भएर आएकी लेखा अधिकृत रोशना अधिकारी ड्राइभरसहित गाडी प्रयोग गर्दै आएकी छिन्। केन्द्रका एक कर्मचारीका अनुसार सवारीचालक विनोद अधिकारीले हाँक्ने गरेको बागमती प्रदेश-०१-००२ झ ७२४८ नम्बरको फोटोनको गाडी लेखा अधिकृत अधिकारीले अनधिकृत रूपमा प्रयोग गर्दै आएकी छिन्। कानुनले सहसचिव र सोभन्दा माथिल्लो पदमा कार्यरत कर्मचारीले मात्र सवारी सुविधा लिन पाउने व्यवस्था गरेको छ। तर, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकी लेखा अधिकृत अधिकारीले ड्राइभरसहितको गाडी प्रयोग गर्दै आएको पाइन्छ।
कमल थापाको नाममा राखेर उक्त गाडी लेखा अधिकृत अधिकारीले चढ्ने गरेको केन्द्रका कर्मचारीहरू बताउँछन्। सवारी चालक विनोद अधिकारीले नियमित जस्तो गुहेश्वरीबाट बानेश्वरसम्म लेखा अधिकृत अधिकारीलाई उक्त गाडीमा ल्याउने-लाने गर्दै आएका छन्। उनले आवश्यक अनुसार उक्त गाडी दुरूपयोग गर्दै आएकी छिन्। समितिका कार्यकारी निर्देशक नारायणप्रसाद मैनालीले लेखा अधिकृत अधिकारीलाई संरक्षण गर्दै आएकाले उनले कार्यालयको स्रोत साधन व्यापक दुरूपयोग गर्दै आएकी हुन्।
समिति स्रोतका अनुसार लेखा अधिकृत अधिकारीले टिभिएसको ६२५३ नम्बरको टिभिएसको वेगो स्कुटर समेत घर लिएर गएकी छिन्। उनले उक्त स्कुटर घरायसी प्रयोजनका लागि प्रयोग गरेर नियमित रूपमा कार्यालय गाडीमा ओहोरदोहोर गर्ने गरेको पाइएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आफ्नो नातेदार रहेको धाक लगाउदै लेखा अधिकृत अधिकारीले गाडी चरम दुरूपयोग गरेको खुल्न आएको छ। नातावाद, कृपावादविरूद्ध कठोर रूपमा अभिएको रास्वपाले नातेदार सांसद देखाएर सरकारी गाडी दुरूपयोग गर्ने लेखा अधिकृत अधिकारीमाथि एक्सन लिन जरूरी छ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा विद्युतीय हाजिरीको व्यवस्था नहुँदा १० बजे कार्यालय आएर ४ बजे नै घर हिँड्ने प्रवृत्ति देखिएको छ। उक्त विकृतिलाई रोक्न केन्द्रमा विद्युतीय हाजिरीको समेत तत्काल व्यवस्थापन गर्न आवश्यक देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, #रोशना अधिकारी लेखा अधिकृत


तपाईको प्रतिक्रिया दिनुहोस