विदेशस्थित नियोग मात्र ताकिरहने सचिव कृष्णहरि पुष्कर कर्ण
काठमाडौं। नेपाल सरकारका बहालवाला सचिव कृष्णहरि पुष्कर कर्णले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई पठाएको एउटा म्यासेज भाइरल बनेको छ। उनले राजदूत पदमा आवेदन दिएको कुरा प्रधानमन्त्रीलाई पठाएको भनिएको म्यासेजमा देखिन्छ।
मुख्यसचिव बन्न लबिइङ गरिरहेका कर्णले राजदूतमा समेत बार्गेनिङ गरेको चर्चाबीच उनले प्रधानमन्त्रीलाई म्यासेज भाइरस छ। उक्त म्यासेजको आधिकारिकताका विषयमा भने स्वतन्त्र पुष्टि भएको छैन। मुख्यसचिव नबनाए आफू असार २४ गते सेवा निवृत्त हुने सचिव कर्णले पठाएको म्यासेजको आसय छ। उनले राजदूतमा आवेदन दिएको पनि जानकारी गराएका छन्।
निजामती कर्मचारीलाई कुलिङ अफ पिरियड लगाउने विषयमा बहस भइरहँदा सचिव कर्णले राजदूत बन्न लबिइङ गरिरहेको पाइन्छ। तत्कालीन मुख्यसचिव एकनारायण अर्यालसँग मिलेर कुलिङ अफ पिरियडमा छेडखानी गर्न हिँडेका सचिव कर्णले अवकाशपछिको नियुक्तिको सुनिश्चितता खोजेका छन्। मुख्यसचिव बन्ने लबिइङमा बीच राजदूतमा समेत आवेदन दिएको उनले खुलाएका हुन्।
सचिव भएपछि प्रदेश नै नगइ जागिर खाएका कर्ण विदेश जान भने मरिहत्ते गरेर लागिपरेका छन्। उपसचिव हुँदा दक्षिण कोरियामा श्रम सहचारी भएर बसेका थिए। मधेशी कोटाबाट उपसचिव र सहसचिव भएका कर्ण सचिव भएपछि अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम मन्त्रालय जस्ता आकर्षक मन्त्रालयमा बसे। बिचौलिया दिपक भट्टको विश्वासपात्र भएर दोहोऱ्याएर अर्थ सचिव बनेका कर्ण वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बृद्धिमा प्रधानमन्त्रीलाई झुक्याएपछि उपराष्ट्रपति कार्यालय सरूवा गरिएको थियो। असार २४ गते ५ वर्ष सचिव चलाएर अवकाशमा जान लागेका कर्णले राजदूत ताकेपछि चर्चामा आएका हुन्।
वैदेशिक रोजगार विभागमा बसेर रजगज गरेका कर्ण अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रवक्ता हुँदै भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावास ‘इकोनोमिक मिनिस्टर’ बनेर गएका थिए। सत्तालाई रिझाएर आकर्षक कार्यालय र विदेशस्थित नियोग मात्र ताकिरहने सचिव कर्णले अवकाशपछि पनि राजदूत मागेका हुन्। पुरानो सत्तासँग माग्दा सजिलै पाइने पद परिवर्तित परिस्थितिमा पनि मागेपछि राष्ट्रिय चर्चाको विषय बनेको हो।
रास्वपा सरकारले कुलिङ अफ पिरियडको तयारी गरिरहँदा त्यसलाई नै चुनौती दिने गरी सचिव कर्ण राजदूत बन्ने लबिइङमा देखिन्छन्। एकातिर कर्ण सचिव हुँदा श्रम मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएको विवादको सक्कल फायल गायब भएको भनेर प्रहरीले प्रधानमन्त्री कार्यालयलाई रिपोर्टिङ गरिरहेको छ। अर्कातिर उक्त विषयको अनुसन्धान टुंगोमा नपुग्दै सचिव कर्णले मुख्यसचिव वा राजदूत खोजेका छन्। त्यो पनि प्रधानमन्त्रीलाई म्यासेज गरीगरी। उक्त विषयले अहिले तरंग ल्याएको हो।
सचिव बैठकमै दिपक भट्ट जस्तालाई बिचौलिया होइन ‘शासकीय सहजकर्ता’ भन्नुपर्छ भनेर प्रस्ताव राख्ने कर्ण प्रहरीको केरकारमा समेत परेको चर्चा छ। बिचौलिया भट्ट हिरासतमा रहेका बेला उनी प्रहरी केरकारमा परेको कुराले मार्केट पिटिरहेको हो।
मधेशको गृह सचिव हुँदा सुराकी भत्ता खाएपछि कर्ण अख्तियारको केरकारमा परेका थिए। अख्तियारले भ्रष्टाचार मुद्दा लाने भएपछि केस मिलाईएको चर्चा सेलाउन पाएको छैन। फेरि प्रहरीको केरकारमा परेको चर्चा चलेको हो। कहिले दक्षिण कोरिया त कहिले नयाँदिल्लीस्थित नियोगमा बसेका कर्णले अवकाश नहुँदै नयाँ नियोग (राजदूत) ताकेपछि उनी अहिले भाइरल भएका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस