एकातिर ‘कुलिङ अफ पिरियड’मा छेडखानी अर्कातिर तात्तातै लाभको पदमा बार्गेनिङ
समाचार टिप्पणी
काठमाडौं। देश नबनाइ आफू मात्र बनेर राज्य सत्तामा हालिमुहाली गरिरहेका उच्च प्रशासकहरू पदका लागि कतिसम्म लिप्त छन् भन्ने गतिलो दृष्टान्त सचिव कृष्णहरि पुष्कर कर्ण हुन्। दुई-दुईपटक आरक्षणको लाभ लिएर ‘फास्ट ट्रयाक’मा सचिव भएका अवकाशको मुखमा रहेको भन्दै पाए मुख्यसचिव नभए राजदूत खोजेर हिँडिरहेका छन्। सुशासनको हुर्मत लिइरहेका सचिव कर्णले जाँदाजाँदै पदको बार्गेनिङ गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को एक्सनमा परेका हुन्। जागिर जीवनमा आकर्षक ठाउँमा मात्र बसेका कर्णले अवकाश अगावै व्यवस्थापन खोजेपछि विवादमा परेका छन्।
निजामती कर्मचारीलाई पदमा छदै वा अवकाशलगत्तै नियुक्ति रोक्न प्रस्ताव निजामती सेवा विधेयकमै २ वर्ष कुलिङ अफ पिरियडको प्रावधान राखिएको थियो। कर्मचारीतन्त्रलाई तरमाराहरूले विकृत बनाएको भन्दै कुलिङ अफ पिरियडको प्रावधान राखिएको थियो। तर, तत्कालीन मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा त्यस्तो प्रावधान हटाउन उच्च प्रशासकहरू हुल बाँधेर लबिङमा हिँडेका थिए। त्यसको अग्रपङ्क्तिमा सचिव कर्ण रहेका थिए। फलत कुलिङ पिरियडमा छेडखानी भयो र निजामती विधेयक ‘कोमा’मा पुग्यो।
२ वर्ष कुलिङ अफ पिरियडको प्रावधानसहित निजामती कानुन आएको भए सचिव कर्णले प्रधानमन्त्रीसँग राजदूत बनाइदेउ भनेर बार्गेनिङ गर्ने अवस्था नै आउने थिएन। निजामती विधयेकलाई कोमामा पुऱ्याएर राजदूत खान खोजेका कर्णले त्यसको फल भोग्नु पर्ने अवस्था आएको छ। निजामती सेवाबाट उनको अपमानजनक ढंगले बर्हिगमन हुने देपिन्छ। वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बृद्धि गरेर ‘गरिबमारा’ निर्णय गरेपछि कर्णको श्रम मन्त्रालयबाट उपराष्ट्रपति कार्यालयमा सरूवा भएको थियो। मेडिकल रिपोर्ट सम्बन्धी रिपोर्ट नै गायब बनाउन चलखेल गरेका सचिव कर्णले प्रधानमन्त्रीलाई अनावश्यक चाकडी गरेर मुख्यसचिव नभए राजदूतमा बार्गेनिङ गरेपछि घर जाने बेलामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका छन्। थोरै मात्र नैतिकता हुने व्यक्तिले यस्तो अवस्थामा तत्काल राजीनामा दिएर आफ्नो बाटो तताउछ।
जेनजी आन्दोलन नभएको भए मुख्यसचिव हुँदै अख्तियार प्रमुख बन्ने रोडम्यापमा हिँडेका कर्णलाई उक्त आन्दोलनले ल्याएको परिवर्तन निकै महँगो पऱ्यो। एकनारायणसँग मिलेर कुलिङ अफ पिरियड हटाउन चर्को लबिइङ गरेका सचिव कर्ण मुख्यसचिव बनाउन विभिन्न शक्ति केन्द्र धाए। श्रम मन्त्रालयमा हुँदा यो-यो काम गरेर भनेर एक सहसचिवलाई लेख्न लगाएर कानुन किताब व्यवस्थापन समितिलाई अंग्रेजीमा अनुवाद गराउन लगाएर शक्ति केन्द्रमा मुख्यसचिवको लबिइङ गरिरहेका थिए। कामदारको खुन चुस्ने मेडिकल माफिया कैलाश खड्कादेखि अन्तर्राष्ट्रिय बिचौलिया दिपक भट्टसम्म कर्णलाई मुख्यसचिव बनाउन लबिइङमा लागेका थिए। उनको त्यो प्रयास असफल भएपनि अहिले पनि मुख्यसचिव बन्न दौडधुप गरिरहेको पाइन्छ।
कोरियाको श्रम सहचारी भएका कर्ण सहसचिव भएपछि दिल्ली बसेका थिए। दिपक भट्टसँगको कनेक्सनका कारण सचिव भएपछि प्रदेश नगई अर्थ मन्त्रालय पुगे। भट्टको आशिर्वाद कै सचिव हुनेबित्तिकै राजस्व सचिव भएका कर्ण मुसाले तार काटेपछि अर्थ सचिव बने। उनी दोहोऱ्याएर अर्थ सचिव भए। श्रम सचिव भएपछि त सचिव कर्णले पुरै रजगज गरे। उनले देश र नागरिकको पक्षमा भन्दा पनि कैलाश खड्काका लागि काम गरे। प्रधानमन्त्रीलाई समेत गुमराहमा पारेर खड्काको पक्षमा निर्णय गरेका कर्ण मुख्यसचिव र राजदूतमा बार्गेनिङ गर्दा बालेन सरकारको फेला परेका छन्। पशुपतिनाथ रहेको देवभूमिमा उनले गरेका थप कतुर्त विस्तारै सार्वजनिक हुँदै जाने विश्वास लिन सकिन्छ। घैला भरिएपछि पोखिन सुरू भएको चर्चा हुन थालेको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस