नोबेल अस्पतालदेखि मेडिसिटीसम्म स्वास्थ्य मन्त्रालयको कारबाहीमा
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नोबेल अस्पतालदेखि मेडिसिटीसम्म स्वास्थ्य मन्त्रालयको कारबाहीको दायरामा ल्याएको छ। स्वास्थ्य मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमानुसारको शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको हो। स्वास्थ्यमन्त्री निसा मेहताको सक्रियतामा स्वास्थ्य मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमानुसारको शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ बक्यौता असुल गर्ने निर्णय भएको हो।
नोबेल मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेपाल मेडिसिटी अस्पताल, नेपाल मेडिकल कलेज, किष्ट मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, धुलिखेल अस्पताल, मणिपाल कलेज, काठमाडौं मेडिकल कलेज, देवदह मेडिकल कलेज र युनिभर्सल मेडिकल कलेज १ करोड ७८ लाख ४४ हजार रुपैयाँ बेरूजु बक्यौता असुल गर्ने निर्णय भएको छ। युनिभर्सल मेडिकल कलेज भैरहवाले ३० लाख रुपैयाँ, नोबेल मेडिकल कलेज, विराटनगरले २४ लाख ४४ हजार रुपैयाँ; मणिपाल कलेज, पोखरा; काठमाडौं मेडिकल कलेज, काठमाडौं; नेपाल मेडिसिटी अस्पताल, ललितपुर, र किष्ट मेडिकल कलेज, ललितपुरले १८/१८ लाख रुपैयाँ, धुलिखेल अस्पताल १७ लाख रुपैयाँ, गण्डकी मेडिकल कलेज, पोखरा र नेपाल मेडिकल कलेज, काठमाडौंले १० लाख रुपैयाँ, देवदह मेडिकल कलेज ८ लाख रुपैयाँ बेरुजु बक्यौता तिर्न बाँकी छ।
महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका विषयहरूलाई सम्बोधन गर्दै ११ वटा स्वास्थ्य संस्थासँग बेरुजु बक्यौता रकम असुली प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको हो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस