दुई मन्त्री थपिँदै: गृहमा सुदन, नवप्रवर्तनमा पुन
काठमाडौं। बालेन सरकारमा दुई मन्त्री थपिँदैछन्। गृहमन्त्रीमा सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुन थपिने भएका हुन्। उनीहरूको आजै ३ बजे सपथ ग्रहण कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।
गुरुङ गृहमन्त्री दोहोरिएर बन्न लागेका हुन्। पुन पनि यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको भूमिकामा थिए। शिक्षाबाट छुट्टिएर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय बनेको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस