प्रतिभाको कुर्सीमा स्वास्थ्यमन्त्री निशा बस्ने


काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मर्ज भएर भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनेको छ। भूमि र संघीय मर्ज भएर भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनेपछि मन्त्री प्रतिभा रावल साबिकको भूमि मन्त्रालयमा बस्न थालेकी छिन्। मन्त्री रावलले साबिकको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कुर्सी छाडेपछि उक्त कुर्सीमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता बस्ने भएकी हुन्।

सामान्य प्रशासन मन्त्री रावलको कार्यकक्ष स्वास्थ्यमन्त्री मेहताका लागि खाली गराइएको छ। सिंहदरबारको टहरामा बस्दै आएकी मन्त्री मेहता सामान्य प्रशासनमन्त्री बस्ने कार्यकक्षमा सर्ने भएकी हुन्। उक्त कार्यकक्ष मन्त्री मेहताका लागि खाली भइसकेकाले आजै सर्ने सम्भावना देखिन्छ।

स्वास्थ्यमन्त्री मेहता निजी र स्वकीय सचिवालयसहित साबिकको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बस्ने कार्यकक्षमा सर्ने भएको हो। स्वास्थ्यमन्त्रीको सचिवालयले मन्त्री रावलको ‘नेम-प्लेट’ हटाउन लगाइसकेको छ। कागजातहरू समेत हटाइसकेकाले स्वास्थ्यमन्त्री मेहता आजै उक्त कुर्सीमा बस्न जाँदैछिन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ