पिछडिएको क्षेत्रमा सहसचिवको दरबन्दी रहेका जिल्लामा उपसचिव सिडिओ
काठमाडौं। पिछडिएको क्षेत्रका जिल्लामा हत्तपत्त सहसचिव सिडिओ जान नमान्ने गरेको पाइएको छ। हाल पिछडिएको क्षेत्रमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुुगु र हुम्ला गरी ८ जिल्ला पर्छन्। अछाम, जाजरकोट र जुम्लाको सिडिओ सहसचिवको दरबन्दी रहेको छ। तर, ति जल्लामा सहसचिव सिडिओ पठाउन निकै मुस्किल परेको देखिन्छ।
अहिले सहसचिवको दरबन्दी रहेको जाजरकोटमा मात्र सहसचिव सिडिओ रहेका छन्। अछाम र जुम्ला उपसचिव कै ‘कमाण्ड’मा रहेको छ। जाजरकोटको सिडिओको भूमिकामा सहसचिव खडानन्द अधिकारी रहेका छन्। अछामको
प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा उपसचिव यज्ञ बहादुर बुढा र जुम्लाको सिडिओमा उपसचिव दीपक पौडेल रहेका हुन्। पिछडिएको क्षेत्रमा पर्ने ती दुबै जिल्लामा सहसचिवको दरबन्दी रहेको छ। तर, पिछडिएको क्षेत्रमा सहसचिवलाई सिडिओ पठाउन सरकारलाई निकै सकस परिरहेको देखिन्छ। पिछडिएको क्षेत्रबाट पटकपटक लाभ लिने पुष्पराज शाही जस्ता सहसचिव गृह मन्त्रालयको जगेडा रहँदा पनि अछाम र जुम्लाले सहसचिव सिडिओ पाउन नसकेको हो।
जुम्ला, अछाम, जाजरकोट जस्ता जिल्लामा सहसचिव सिडिओ पठाउन मुस्किल मात्र होइन आवश्यकता र औचित्य पनि पुष्टि हुँदैन। गृह मन्त्रालयले उपसचिवलाई सिडिओ पठाउँदै आएका यस्ता जिल्लामा सहसचिवको दरबन्दी कटौती गर्न उपयुक्त हुने देखिन्छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस