डा संगिता मिश्रले पाइन् सफाइ


काठमाडौं। निलम्बित अतिरिक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रा स्वास्थ्यमै फर्किने भएकी छिन्। विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएसँगै डा. मिश्रालाई स्वास्थ्यको अतिरिक्त सचिवमा फर्किने बाटो खुला भएको हो।

स्वास्थ्यमन्त्री बन्ने चर्चाबीच भ्रष्टाचारकाे आराेप लागेकी अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राले सफाइ पाएसँगै पुरानै पदमा फर्किने बाटो खुला भएको हो। उनी झन कडा भएर स्वास्थ्य मन्त्रालय फर्किने भएकी हुन्।

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्रासहित विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दिपक अधिकारी, यादवप्रसाद सापकोटा, सम्भुप्रसाद ढकाल, सिता घिमिरे र तिलकराम ढकालले सफाइ पाएका छन्।

स्वास्थ्य सेवा विभागका तत्कालीन व्यवस्थापन महाशाखा प्रमुख सुरेन्द्रप्रसाद चौरासिया, श्रवणकुमार थापा, आशिष चौहान, पद्या मिश्र र संजयकुमार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन्।

उनीहरूलाई चार महिना कैद सजाय सुनाइएको छ। मेमोग्राफी मेसिन आपूर्ति गर्ने माक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्राइभेट लिमिटेडका सुन्दर भुसाललाई पनि ४ महिना कैद सजाय सुनाएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ