लामो समयदेखि लापत्ता भएका सहसचिव रानामाथि सरकारको एक्सन
काठमाडौं। सरकारले लामो समयदेखि लापत्ता भएका सहसचिव नरेन्द्रकुमार रानालाई एक्सन लिएको छ। सहसचिव राना लगातार नब्बे दिनभन्दा बढी समयदेखि अनुपस्थित रहेकाले सरकारले एक्सन लिएको हो।
सरकारले लापत्ता सहसचिव रानालाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरहिने गरी बर्खास्त गर्ने प्रक्रिया अघि बढाएको हो। उनलाई १५ (पन्ध्र) दिनभित्र सफाइ पेस गर्न सूचना दिएको छ। सहसचिव राना २०८२ माघ ११ गतेदेखि लगातार कार्यालयमा अनुपस्थित भएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। उनी उक्त मन्त्रालयको अतिरिक्त समूहमा रहेका थिए। त्यहीँबाट सहसचिव राना लापत्ता भएका हुन्।
अख्तियारको समेत खोजीमा रहेका सहसचिव राना अमेरिकातिर पलायन भएको चर्चा छ।
भरतपुर महानगरपालिकाका हुँदा गरेका विभिन्न अनियमितता अनुसन्धान गर्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रानालाई फेला पार्न सकेको छैन। अख्तियारको हेटौंडा कार्यालयले मंसिरदेखि नै रानालाई खोजी गरिदिन सामान्य प्रशासन मन्त्रालयलाई ताकेता गरिरहेको छ। तर, ७ महिना हुन लाग्दा पनि सहसचिव रानालाई अख्तियारले फेला पारेको पाइँदैन। अख्तियारको अनुसन्धानमा तानिएका सहसचिव रानालाई सरकारले सेवाबाटै हटाउने प्रक्रिया सूचना जारी गरेर अघि बढाएको हो।
क्याटेगोरी : समाचारट्याग : #सहसचिव नरेन्द्रकुमार राना


तपाईको प्रतिक्रिया दिनुहोस