यी हुन् अवकाशको मुखमा रहेका लेखाका उपसचिवहरू
काठमाडौं। लेखा समूहका एक दर्जन बढी उपसचिवहरू अवकाशको मुखमा रहेका छन्। ५८ वर्ष पूरा भएर आर्थिक वर्ष २०८३/८४ भित्र एक दर्जन बढी लेखाका उपसचिव अवकाशमा जान लागेका हुन्। अवकाशको सूचीमा रहेका अधिकांश लेखा उपसचिव प्रमुख कोष नियन्त्रकको भूमिकामा रहेका छन्। साउनभित्र मात्र लेखाका ४ उपसचिव अवकाशका जाँदैछन्। शेरबहादुर विष्ट, भरतराज पोखरेल, श्रीधर ज्ञवाली र गणेशकुमार पोखरेल साउनभित्रै अवकाशमा जाने भएका हुन्।
कोष तथा लेखा नियन्त्रक कार्यालय डोटीका प्रमुख कोष नियन्त्रक शेरबहादुर विष्ट साउन १६ अवकाशमा जाने सूचीमा छन्। उनी ५८ वर्ष पूरा भएर अवकाशमा जान लागेका हुन्।
बागमती सिंचाई आयोजनाका लेखा उपसचिव भरतराज पोखरेल साउन २० गते अवकाशमा जाने सूचीमा छन्। निर्वाचन आयोगका लेखा उपसचिव श्रीधर ज्ञवाली साउन २४ अवकाशमा जाने सूचीमा छन्। त्यस्तै धनकुटाका प्रमुख कोष नियन्त्रक गणेशकुमार पोखरेल पनि साउन २४ गते अवकाशमा जाने भएका हुन्। उनीहरू ५८ वर्ष पूरा भएर अवकाशमा जान लागेका छन्।
महोत्तरीको प्रमुख कोष नियन्त्रक बालकृष्ण अधिकारी असोज २४ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रमुख कोष नियन्त्रक कमल सापकोटा असोज २८ गते र उदयपुरका प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रसाद घिमिरे मंसिर २ अनिवार्य अवकाशमा जाँदैछन्। उनीहरू ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाने सूचीमा छन्।
भवन अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका लेखा उपसचिव रमेश घिमिरे मंसिर १४ गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाँदैछन्। दोलखाका प्रमुख कोष नियन्त्रक दिपक महर्जन पुस २१ र सर्लाहीका पदमप्रसाद पौडेल पुस २५ गते अनिवार्य अवकाशमा जाने सूचीमा देखिन्छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमा अञ्चल क्षेत्रीय अस्पताल मार्कण्ड प्रसाद बराल फागुन १८ गते र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका लेखा उपसचिव वीरबल अधिकारी चैत २ गते अनिवार्य अवकाशमा जाँदैछन्। लेखा उपसचिव खडक बहादुर शाही २०८४ बैशाख १३ गते अनिवार्य अवकाशमा जाने सूचीमा रहेका हुन्।
पर्वतका प्रमुख कोष नियन्त्रक ज्ञानप्रसाद अर्याल जेठ २६ गते र रुपन्देहीका प्रमुख कोष नियन्त्रक विष्णुप्रसाद खनाल जेठ २८ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। ५८ वर्ष पूरा भएर चालू आर्थिक वर्षभित्रै १ दर्जन बढी लेखाका उपसचिव अवकाशमा जान लागेका हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #कमल सापकोटा, #खडकबहादुर शाही, #गणेशकुमार पोखरेल, #ज्ञानप्रसाद अर्याल, #पदमप्रसाद पौडेल, #भरतराज पोखरेल, #मार्कण्ड प्रसाद बराल, #रमेश घिमिरे, #लक्ष्मीप्रसाद घिमिरे, #विष्णुप्रसाद खनाल, #वीरबल अधिकारी, #शेरबहादुर विष्ट, #श्रीधर ज्ञवाली


तपाईको प्रतिक्रिया दिनुहोस