गुठी संस्थानको प्रशासकमा शैलेन्द्रराज कुँवर नियुक्त


काठमाडौं। सरकारले गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्रराज कुँवरलाई नियुक्ति गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई गुठी संस्थानको प्रशासकमा नियुक्ति गर्ने निर्णय गरेको हो।

कुँवर यसअघि पनि गुठी संस्थानको प्रशासक पदमा कार्यरत रहेका थिए। पदमुक्तिसम्बन्धी विशेष अध्यादेशका कारण पदम गुमाएका कुँवर सोही पदमा फर्किएका हुन्। उनले गुठीमा केही सुधारको प्रयास गरिरहेका थिए। पुनः गुठी संस्थानको प्रशासक भएर त्यसलाई निरन्तरता दिने अवसर कुँवरलाई प्राप्त भएको छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #शैलेशराज कुँवर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ