कार्यवहाक प्रधानमन्त्री बनेसँगै स्वर्णिमले बढाए सक्रियता, भेटे राष्ट्रपति
काठमाडौं। कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी पाएसँगै स्वर्णिम वाग्लेले सक्रियता बढाएका छन्। उनी बुधबार बिहानै राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन न्यूयोर्कतर्फ प्रस्थान गरेपछि कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेले पाएका थिए। कार्यवहाक प्रधानमन्त्रीको भूमिकामा उनले आफूलाई सक्रिय बनाएका हुन्।
राष्ट्रपति पौडेल र कार्यवहाक प्रधानमन्त्री वाग्लेबीच भएको शिष्टाचार भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। पौडेल राष्ट्रपति भएपछि तनहुँको क्षेत्र छाडेपछि वाग्ले संसदीय राजनीतिमा उदाएका पात्र हुन्। संयोग यो एउटै क्षेत्रबाट निर्वाचित पूर्व र वर्तमान प्रतिनिधिबीचको भेट समेत हुन पुगेकाे छ।


तपाईको प्रतिक्रिया दिनुहोस