ऊर्जा मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी कर्माचार्यलाई


काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी डा. जगदिश्वर कर्माचार्यले पाएका छन्। मन्त्रालयका वरिष्ठ प्राविधिक सहसचिव कर्माचार्यले निमित्त सचिवको जिम्मेवारी पाएका हुन्।

कर्मचारी सरूवादेखि अन्य विषयमा अनियमितता भएको आरोप लगाउँदै ऊर्जा सचिव सरिता दवाडीलाई नेपाल ट्रष्टको कार्यालयमा सरूवा गरिएको थियो। साढे दुई वर्षसम्म एउटै कुर्सीमा बस्न सफल सचिव दवाडी ऊर्जाबाट सरूवा भएसँगै कर्माचार्यले निमित्तको जिम्मेवारी पाएका छन्। अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि उनले नै ऊर्जा मन्त्रालयको प्रशासनिक कमाण्ड सम्हाल्ने देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ