वीर अस्पतालको नर्स भर्नामा चलखेल


काठमाडौं। कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल, वीरमा नर्स भर्नाका लागि चलखेल सुरू भएको छ । कार्यक्षमताका आधारमा भन्दा पनि पहुँचवालासँगको मिलेमतोमा लोकसेवाको मूल्य मान्यतालाई चुनौती दिँदै अचम्ममको नियम लागू गर्न खोजिएको हो । ५० जना नर्स भर्ना गर्नका लागि वीर अस्पतालका पदाधिकारीले कार्यक्षमता नभई सेटिङ र सिन्डिकेटका भरमा नम्बरलाई आधार मानेका छन् । कुनै किसिमको परीक्षा नै नलिई स्टाफ नर्समा ८० प्रतिशत भन्दा बढी नम्बर ल्याएर पास गर्नेलाई भर्ना गर्न चलखेल सुरू भएको हो ।

वीरले ५० जना नर्स मागेको २८ सय ५० जनाले आवेदन दिइसकेका छन् । तर आफ्नो स्वार्थ अनुकूल नर्स भर्ना गर्न वीरका पदाधिकारीले चलखेल सुरु भएको हो ।

करारमा लिन पनि लोकसेवाले नै राख्न नसक्ने सर्त राखेर सिन्डिकेट कायम गर्न वीरका पदाधिकारी लागिपरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com