न्याय सेवाका तीनवटै समूहमा थपिए ९ उपसचिव


काठमाडौं। न्याय सेवाका तीनवटै समूहमा खुला र समावेशी समूहबाट ९ उपसचिव थपिएका छन्। खुला तथा समावेशी प्रतिस्पर्धाबाट सरकारी वकिलमा २, न्याय ३ र कानुन समूहमा ४ गरी ९ उपसचिव थपिएका हुन्।

खुला प्रतिस्पर्धाबाट सरकारी वकिल समूह उपसचिव (उपन्यायाधिवक्ता)मा मेलिस बास्कोटा र अनिता खरेल सिफारिस भएका छन्। बास्कोटा आन्तरिक प्रतिस्पर्धामा न्यायको वैकल्पिकमा परेका थिए। उनी खुला प्रतिस्पर्धाबाट सरकारी वकिल समूहमा सिफारिसमा पर्न सफल भएका हुन्।

त्यस्तै खुला प्रतिस्पर्धाबाट न्याय समूहको उपसचिवमा तिलक पौडेल र दिपेश खनाल सिफारिस भएका छन्। आदिवासी/जनजाति कोटाबाट न्याय समूहको उपसचिवमा विवेक महर्जन सिफारिस भएका हुन्।

त्यसैगरी खुला प्रतिस्पर्धाबाट कानुन समूहको उपसचिवमा निशा न्यौपाने र चिरञ्जीवी बस्नेत सिफारिस भएका छन्। कानुन समूह कै उपसचिवमा महिला कोटाबाट हुमावती ढकाल र मधेशी कोटाबाट सिर्जना सिंह सिफारिस भएका छन्। सूरूची हमाल सरकारी वकिल र कानुन समूहमा वैकल्पिकमा परेकी हुन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #अनिता खरेल, #चिरञ्जीवी बस्नेत, #तिलक पौडेल, #दिपेश खनाल, #निशा न्यौपाने, #मेलिस बास्कोटा, #विवेक महर्जन, #सिर्जना सिंह, #हुमावती ढकाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ