उद्योग सचिवमा तामाङ, प्रधानमन्त्री कार्यालयमा दुवाडी
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवको जिम्मेवारी रूद्रसिंह तामाङले पाएका छन्। शुक्रबार सचिवमा बढुवा भएका तामाङले सुरू पोस्टिङ नै उद्योग मन्त्रालय पाएका हुन्।
उद्योग मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा भएको छ। प्रधानमन्त्री कार्यालयमा सचिवको एक पद रिक्त थियो। उक्त ठाउँमा दुवाडीलाई सरूवा गरेर तामाङलाई उद्योगमा पठाइएको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट दुई महिना अगाडि मात्र उद्योग सचिवमा सरूवा भएर आएका दुवाडी छोटो समयमै सरूवा भएका छन्। कृष्णबहादुर राउतलाई विस्थापित गरेर उद्योग पुगेका दुवाडीलाई उद्योगबाट तामाङले विस्थापित गरेका हुन्। लामो समय अख्तियार बसेर आएका सचिव दुवाडी ग्यासको आपूर्ति सहज नभइरहेको अवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा भएका छन्। दुवाडीको जागिर आगामी भदौ ५ गतेसम्म ११ महिना बाँकी छ।
क्याटेगोरी : समाचारट्याग : #नारायणप्रसाद शर्मा दवाडी, #रूद्रसिंह तामाङ


तपाईको प्रतिक्रिया दिनुहोस