बैकुण्ठसँग शिक्षाको सहसचिवमा वैकल्पिकमा परेका भट्ट ९ महिनापछि सचिव भए


काठमाडौं। महालेखा नियन्त्रक रहेका बैकुण्ठ अर्याल नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहको सहसचिवमा सिफारिस हुँदा नारायाणप्रसाद भट्ट वैकल्पिकमा परेका थिए। २०७१ माघ २९ गते आन्तरिक प्रतिस्पर्धाबाट गोरखाका बैकुण्ठ अर्याल नेपाल शिक्षाको सहसचिव हुँदा धादिङका भट्ट वैकल्पिकमा परेका थिए। त्यसको डेढ हप्तापछि खुला प्रतिस्पर्धाबाट नेपाल प्रशासन सेवाको सहसचिव भएका भट्ट ९ महिनापछि मात्र सचिवमा बढुवा भएका हुन्। हाल भट्ट कोशी प्रदेशको प्रमुख सचिवको भूमिकामा रहेका छन्।

गत मंसिर १५ गते सचिवमा बढुवा भएका अर्याल सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको भूमिकामा कार्यरत थिए। करिब साढे ९ महिनापछि भदौंको अन्तिम साता अर्यालको महालेखा नियन्त्रकमा सरूवा भएको हो। उनले महालेखा नियन्त्रकको जिम्मेवारी सम्हालिसकेका छन्। अर्याल सचिव भएको ९ महिनापछि शिक्षाको वैकल्पिकमा परेका भट्ट पनि सचिवमा बढुवा भएका हुन्।

भट्ट शिक्षा प्रशासन कै उपसचिव हुन्। सहसचिवमा वैकुण्ठले वैकल्पिकमा धकेलिदिएपछि उनले खुला प्रतिस्पर्धाबाट नेपाल प्रशासन सेवाको सहसचिवमा फड्को मारेका थिए। शिक्षाबाट वैकल्पिकमा धकेलिएर प्रशासन सेवामा पुगेका भट्ट ललितपुर, भक्तपुर, चितवन, गोरखा, सप्तरी, मकवानपुरलगायतका आधा दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बने। उनी सिडिओ भएर बसेको जिल्लाको सूची हेर्दा राम्रै जिल्लाको पाएको देखिन्छ। सहसचिवमा वैकल्पिकमा परेका भट्टको सचिवमा एउटै सेवामा अर्यालसँग भेट भएको छ।

भट्ट अर्यालभन्दा ६ महिना अगाडि ५८ वर्ष पूरा भएर घर जानेछन्। भट्ट २०८६ मंसिर र अर्याल ८७ बैशाखमा सचिवबाट अनिवार्य अवकाशमा जाने सूचीमा छन्। अर्याल र भट्ट दुबै ५५ वारीका सचिव हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #नारायणप्रसाद भट्ट, #बैकुण्ठ प्रसाद अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ