गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सुरेश पन्थीलाई


काठमाडौं। गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सुरेश पन्थीलाई दिइएको छ। पन्थी यसअघि विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको भूमिका थिए। त्योभन्दा अगाडि उनी नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख थिए। पन्थी गृहमा एक वर्षको अवधिमा तेस्रोपटक प्रशासन महाशाखा बन्न आइपुगेका हुन्।

सहसचिव पन्थी ले बैतडी, नवलपरासीे पश्चिम र भोजपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) चलाइसकेका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख, कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक हुँदै भोजपुरको सिडिओ भएका थिए। भोजपुरको सिडिओबाट डेढ महिनामै गृह मन्त्रालय आएका पन्थी गृहमा तीनवटा महाशाखामा फन्को मार्न सफल भएका हुन्।

२०७८ चैतमा खुला प्रतिस्पर्धाबाट प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदिप परियार र पन्थी एकैदिन सहसचिव भएका थिए। पन्थी पहिलो नम्बरमा र परियार दोस्रो नम्बरमा सहसचिव भएका हुन्। परियारले प्रधानमन्त्रीको सचिवालयले हाँकिरहँदा पन्थी सिडिओ सरूवा गर्ने ठाउँमा पुगेका छन्। उनीहरूसँगै सहसचिवको वैकल्पिकमा परेका विन्देश्वरप्रसाद लेखक मधेश प्रदेशतिर पुगेका छन्। रमेश लेखका भतिज विन्देश्वरलाई हङकङको महावाणिज्यदूतबाट तानेर मधेशको गर्मी खान पठाइएको हो। परियार र पन्थी ४० मुनिका सहसचिव हुन्।

गृहले विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख भने कसैलाई तोकिएको छैन। गृहले नयाँ ओएन्डमा विपद् र कानुन महाशाखा खारेज गर्ने प्रस्ताव गरेको थियो। तर, फेरि सेटिङमा दुबै महाशाखा राखियो। कानुनका पनि गृहमा आउन खासै रूची राख्दैनन्। मन्त्रालयको कानुन महाशाखा प्रमुख कृष्णकुमार कार्की अयन्त्र सरूवा भइसकेका छन्। गृहमा कानुनले कर गरेर सहसचिव पठाउने गरेको छ। कार्कीको ठाउँमा अर्को सहसचिव पठाउन सकेको देखिँदैन।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हुँदाहुँदै सहसचिवले हेर्नेगरी मन्त्रालयमा छुट्टै विपद् महाशाखा राखिएको छ। उक्त महाशाखाको प्रमुख काम विदेश भ्रमणमा भाग खोज्नु मात्र हो। मन्त्रालयले उक्त महाशाखालाई त्यति प्राथामिकता पनि राखेको छैन। त्यसैले उक्त औचित्यहीन महाशाखाको प्रमुख समेत तोकेको पाइँदैन।

गृहको आन्तरिक व्यवस्थापन महाशाखा बासुदेव घिमिरे र नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा दिनेश सागर भुसाल तोकिएका छन्। यिनीहरू भर्खरै उक्त महाशाखा प्रमुखको कमाण्ड सम्हाल्न पुगेका हुन्।

सुरक्षा तथा समन्वय महाशाखा आनन्द काफ्ले रहेका छन्। तत्कालीन गृहमन्त्री रमेश लेखकले नै उनलाई सुरक्षा तथा समन्वय महाशाखा बनाएका हुन्। सबैभन्दा लामो समय एउटै महाशाखामा बस्ने ‘रेकर्ड’ काफ्लेले बनाएका छन्। सहसचिव काफ्लेबाहेक गृहमा सबै महाशाखा प्रमुख नयाँ आएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #प्रदिप परियार, #सुरेश पन्थी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ