बानेश्वरका भूमाफिया चाम्लिङको संगतमा परेपछि बदलिएका हर्क साम्पाङ


काठमाडौं। बानेश्वर देवीनगरको भूमाफिया इन्द्रकुमार चाम्लिङलाई भेटेपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई एकाएक फेरिएको पाइएको छ। बानेश्वर देवीनगरका भूमाफिया चाम्लिङको संगतले हर्कको बोली फेरिएको चर्चा हुन थालेको हो। पछिल्लो समय चाम्लिङ र हर्कको बाक्लै हिमचिम बढेको छ।

स्वतन्त्र रूपमा धरान उपमहानगरपालिकाको मेयर जित्दाका हर्क साम्पाङ र धरानबाट प्रतिनिधिसभा सदस्य बनेर काठमाडौं छिरेका हर्क साम्पाङबीच आकाशजमिनको फरक देखिन्छ। भोजपुरे चाम्लिङ कै भाषा खोटाङ्गे हर्कले प्रयोग गर्न थालेका छन्।

धोबीखोला करिडोरमा सुकुम्बासीका नाममा भाडा खान भूमाफिया चाम्लिङले बनाएको संरचना

धरानको मेयर हुँदा हर्कले ‘खोला बगरमा टहरा नबनाउनु, त्यसरी बनाइएका सबै घर टहरा भत्काइनेछ’ भनेर उर्दी जारी गरेका थिए। त्यति मात्र नभएर हर्कले ‘वास्तविक सुकुम्बासीलाई नगरपालिका आफैंले व्यवस्थित बसोबास गराउने नीति लिनेछौँ तर भूमाफियाहरूको हालिमुहाली चल्दैन’, भनेर चेतावनी समेत दिएका थिए। हर्कले भने जस्तै बागमती नदीबगर बनाइएका अनधिकृत टहरा भत्काएर वास्तविक सुकुम्बासीलाई बालेन सरकार आफैंले व्यवस्थित बसोबास गराउने नीति लिएको छ। बागमती, मनोहरालगायत नदीकिनारको जोखिम बस्तीबाट उठाएर वास्तविक सुकुम्बासीलाई व्यवस्थित बसोबास गराउन सरकार सक्रिय भएको छ। तर, धरानको मेयर हुँदा भूमाफियाहरूको हालिमुहाली नचल्ने उद्घोष गरेका हर्क अहिले भूमाफियाको चंगुलमा परेर उनकै भाषा लेख्न र बोल्न थालेका छन्।

Screenshot

काठमाडौं महानगरपालिकाको मेयर हुँदा भूमाफिया चाम्लिङको केही टहरामा बालेनले डोजर समेत लगाएका थिए। भूमाफिया चाम्लिङ र एमाले नेता हेमराज घिसिङ मिलेर देवीनगर धोबीखोला किनारमा दर्जनौं टहरा बनाएर मासिक लाखौं भाडा खाइरहेका थिए। उक्त ठाउँमा अनधिकृत संरचना भत्काउन जाँदा भूमाफिया चाम्लिङले भारतले सीमाना मिच्दा केही नगर्ने सरकारले आफूहरूले गरिखाएको देख्न नसकेको प्रतिक्रिया दिएका थिए। उनकै भाषा अहिले हर्क साम्पाङले बोलेका छन्। भूमाफिया चाम्लिङ र हर्कको भाषा मिल्नु संयोग मात्र होइन संगत पनि देखिन्छ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० धोबीखोला किनार देवीनगरमा (रावल आयोग)भित्र परेको सरकारी जग्गा हडपेर ८ तले महल (बिग मार्ट भएको घर) खडा गरेका भूमाफिया चाम्लिङले सरकारी ढुङ्गेधारा समेत आफू बस्ने घर कमपाउण्डभित्र हालेका छन्। बालेन मेयर हुँदा भत्काए को भग्नावशेष संरचनामा समेत सटर हालेर भाडा खान थालेका चाम्लिङले नजिकैको सरकारी जग्गामा ३/४ वटा घर बनाएर सुकुम्बासीको नाममा भाडा असुल्दै आएका छन्। राज्यलाई ठगी गरिरहेका चाम्लिङ श्रम संस्कृति पार्टी दर्ता गर्दा निर्वाचन आयोगमा हर्कसँगै नारिएर पुगेका थिए। ठगी मुद्दा लाग्नु पर्ने उनै भूमाफिया चाम्लिङको कुरा सुनेर हर्कले उनैको भाषा बोल्न थालेको पाइन्छ।

हर्क साम्पाङसँगै निर्वाचन आयोगमा भूमाफिया चाम्लिङ

काठमाडौं उपत्यकाका विकास प्राधिकरणबाट धोबीखोलाको दुबै साइट( बानेश्वर-अनामनगर)को पर्खाल लगाउने ठेकेदार समेत रहेका चाम्लिङले खोलालाई अनामनगरतिर धकेलेको आरोप लाग्दै आएको छ। अहिले पनि उनले सरकारी जग्गा हडपेर बनाइएका घर टहरामा भाडा खाइरहेका छन्। भूमाफिया चाम्लिङको विषयमा तत्काल छानबिन गरेर बालेन सरकारले एक्सन लिनुपर्छ।

भूमाफिया चाम्लिङको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत विवरण मागेको थियो। उक्त विषय अख्तियारले के एक्सन लियो अझै खुलेको छैन। हर्कसँग खुलेका भूमाफिया चाम्लिङको कर्तुत बालेन सरकारले बाहिर ल्याउन आवश्यक देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #भूमाफिया इन्द्र कुमार चाम्लिङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ