डा. राजेश अहिराजदेखि भूमाफिया चाम्लिङसम्मले हडपेको धोबीखोला किन फिर्ता आएन ?


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित डा. राजेश झा अहिराजदेखि भूमाफिया इन्द्रकुमार चाम्लिङसम्मले हडपेको धोबीखोलाको जग्गा फिर्ता आउन नसकेको पाइएको छ ।

नापी कार्यालय लगत कट्टा गरेपछि मालपोत कार्यालयको बदमासीका कारण उक्त जग्गा नेपाल सरकारको नाममा फिर्ता नआएको पाइएको हो ।

मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज)को ५ तले घर भएको कित्ता नम्बर ७३८ र ७३९ धोबीखोलाको जग्गा जनिएको छ । साबिक महादेवस्थान गाउँ पञ्चायत वडा नम्बर ५ कित्ता नम्बर १४३ को क्षेत्रफल २३ रोपनीमध्येमै डा. अहिराजको घर परेको छ । उक्त जग्गाको नापीबाट लगत कट्टा गरेर धोबीखोला जनिए पनि मालपोत कार्यालयले बदमासी गरेको पाइएको छ ।

डा. अहिराजको घरसँगै भूमाफिया इन्द्रकुमार चाम्लिङले हालसाबिक गराएर दुषित दर्ता गराएको कित्ता नम्बर ४३४ पनि धोबीखोला कै जग्गा हो । उक्त जग्गा पनि नेपाल सरकारको नाममा फिर्ता आइसकेको छैन । २०२२ सालको नापीमा धोबीखोला जनिएको ४४८ र ७४१ नम्बर कित्ताको जग्गा पनि व्यक्ति विशेषले हडिपरेको पाइन्छ । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै कदम चालेको देखिँदैन ।

त्यस्तै चाम्लिङ र एमाले नेता हेमराज घिसिङले घिसिङले दुषित दर्ता गराएर हडपेको नगर १० सिट नम्बर १०२-११०६-२२ कित्ता नम्बर ५७७, ५४२, ५४३, ४३०, ५५५, ३३४, ३३६, ५८२, ५८४ सरकारी जग्गा अहिलेसम्म फिर्ता आएको छैन । ५७७ नम्बर कित्तामा भूमाफिया चाम्लिङले ८ टावर ठड्याएका छन् । ४३० नम्बर कित्ता सरकारी जग्गा हालसाबिक गरेर कर्लप्पै खाएका छन् । जुन कुरा रावल आयोगको प्रतिवेदनले स्पष्टै देखाउँछ ।

त्यस्तै सिट नम्बर १०२-११४६-०२ कित्ता नम्बर ५४७, ८३३, ८१९, ८३४, ७९५, ५४८, ७६८, ६१६, ६०९, ३३४, ४४८, ७४१, ७१४, ७१२, ७९४, ४२६ जग्गाहरूमा पनि रावल आयोगको प्रतिवेदनले कैफियत देखाएको छ । उक्त जग्गा फिर्ता ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका सम्बन्धित निकायले तत्काल कदम चाल्नु पर्ने देखिन्छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #एमाले नेता हेमराज घिसिङ, #डा. राजेश अहिराज झा, #धोबीखोला देवीनगर, #भूमाफिया इन्द्र कुमार चाम्लिङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com