५ वर्ष सचिव चलाएर गोपालप्रसाद सिग्देल गए घर
काठमाडौं। पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल ५ वर्ष सचिव चलाएर अनिवार्य अवकाशमा गएका छन्। २८ वर्ष ५ महिनाको निजामती सेवामा बिताएका सचिव सिग्देल मंगलबारबाट घर गएका हुन्।
पूर्वाधार विकास मन्त्रालयको सभाहलमा मन्त्री सुनिल लम्साल तथा मन्त्रालयका कर्मचारीहरूको उपस्थितिमा अवकाश प्राप्त सचिव सिग्देलको बिदाइ तथा कार्यक्रम राखिएको थियो।
२०५५ साल वैशाख १५ गते इन्जिनियर पदबाट सिँचाइ विभागमा नियुक्त भई निजामती सेवामा प्रवेश गरेका सिग्देलले सि.डि.ई (उपसचिव), सु.ई.(सहसचिव) हुँदै २०७८ साल असोज १४ गते सचिवमा बढुवा भएका थिए। लामो निजामती सेवाका क्रममा उनले सिँचाइ, सडक, शहरी तथा पूर्वाधार विकासका क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हाले।
तनहुँमा जन्मिएका सिग्देलले बर्दियाबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका थिए। त्रिचन्द्र कलेजबाट आईएस्सी, पुल्चोक इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा जर्मनीबाट जलस्रोत विषयमा स्नातकोत्तर गरेका सिग्देल सचिवबाट सेवानिवृत्त भएका छन्।
क्याटेगोरी : समाचारट्याग : #गोपालप्रसाद सिग्देल


तपाईको प्रतिक्रिया दिनुहोस