नर्सका पीडकहरू नै अहिले नेतृत्व तहमा छन् : जिता बराल
काठमाडौं । नर्सिङ क्षेत्रमा लामो समयदेखि देखिएको शोषण र विभेदविरुद्ध आवाज उठाउँदै आएकी जिता बरालले नर्सका पीडकहरू नै अहिले स्वास्थ्य मन्त्रालयदेखि नेतृत्व तहसम्म पुगेको बताएकी छन्।
उनले विगतमा नर्सहरूले २५ सयदेखि ५ हजार रुपैयाँसम्मको पारिश्रमिकमा काम गर्नुपरेको अवस्था स्मरण गर्दै अहिले धेरै सुधार आए पनि नर्सिङ क्षेत्र पूर्ण रूपमा सुधार भइनसकेको बताइन्। त्यही २५०० देखि ५ हजार पारिश्रमिक दिने समूहको नेतृत्वमा स्वास्थ्य मन्त्रालय पुगेको उनको भनाइ छ ।
नर्सहरूको अधिकार र मागका विषयमा बोल्ने अभियन्ता निकै कम रहेको बताउँदै बरालले आफूले नर्सहरूको मुहारमा धेरथोर खुसी ल्याउन सफल भएको दाबी गरिन्।
नर्सिङ काउन्सिलको निर्वाचनमा आफू विजयी भए पनि न नतिजा सुनाइएको र न विजय जुलुस निकालिएको प्रसंग सुनाउँदै उनले गलत गर्नेहरूका लागि आफू अहिले पनि ‘आँखाको कसिङ्गर’ रहेको बताइन्।
उनले गलत गर्नेहरूलाई छुट नदिने चेतावनी दिँदै भनिन्, ‘सचिनुस्, सच्याउनुस्, होइन भने कारबाहीको भागीदार बन्नुस्।’
बरालले आफूले अघि बढाएका व्यक्तिहरू नै अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा तीन दर्जन सांसद रहेको उल्लेख गर्दै नेतृत्वले सुझबुझअनुसार काम नगरे भोलि फेरि अर्को नयाँ शक्ति जन्मिन सक्ने चेतावनीसमेत दिइन्।
क्याटेगोरी : भिडियो, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस