दाङको घोराही र तुलसीपुरमा लेखाका एउटै ‘ब्याची’ प्रमुख प्रशासकीय अधिकृत


काठमाडौं। दाङको घोराही र तुलसीपुर उपनगरपालिकाको लेखाका एउटै ‘ब्याची’ प्रमुख प्रशासकीय अधिकृतमा बनेका छन्। दाङको तुलसीपुर उपमहानगरपालिकामा सुवासचन्द्र शिवाकोटीलाई प्रमुख प्रशासकीय अधिकृत भएर गएका छन्। दाङ कै घोराही उपमहानगरपालिकामा रामकृष्ण पुडासैनीलाई प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ। सहसचिवद्वय शिवाकोटी र पुडासैनी लेखाका ‘ब्याची’ उपसचिव हुन्।

शिवाकोटी सञ्चार मन्त्रालयबाट तुलसीपुरको प्रमुख प्रशासकीय अधिकृत भएर गएका हुन्। सहसचिवमा बढुवा हुनसाथ तुलसीपुरको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएका टेकनारायण पौडेलले राजीनामा दिएपछि शिवाकोटीलाई उक्त ठाउँमा खटाइएको हो। उनी अहिले तुलसीपुर उपमहानगरपालिकामा रमाएर बसेका छन्। तुलसीपुरसँग सिमाना जोडिएको घोराही उपमहानगरपालिकाका उपसचिवमा शिवाकोटी कै ‘ब्याची’ पुडासैनीलाई खटाइएको छ। लेखा समूहकै उपसचिवबाट सहसचिवमा बढुवा भएका चन्द्रप्रसाद भुसालले राजीनामा दिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुखबाट पुडासैनीलाई घोराहीमा खटाइएको हो। ‘ब्याची’हरूलाई मिलाएरै सरकारले दाङको ‘जुम्लिया’ उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको छ।

२०६७ असारमा एकैदिन आन्तरिक प्रतिस्पर्धाबाट सुवासचन्द्र शिवाकोटी, रामकृष्ण पुडासैनी, दिपक लामिछाने, शोभाकान्त पौडेल र ध्रुवराज पण्डित लेखाको उपसचिव भएका थिए। उनीहरूमध्ये शोभाकान्त पौडेल सचिव भएर मधेश प्रदेशको प्रमुख सचिवको भूमिकामा छन्। पण्डित सरकारी सेवामा छैनन्।

उक्त ‘ब्याच’का दिपक लामिछाने महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको भूमिका छन्। दिपक शोभाकान्त महालेखा नियन्त्रक हुँदा सहमहालेखा नियन्त्रक भएर छिरेका थिए। शोभाकान्त मधेश झरेपनि दिपक सोही कार्यालयमा जमिरहेका छन्। उनी महालेखा नियन्त्रक कार्यालयका हर्ताकर्ता सहमहालेखा नियन्त्रक हुन्। शिवाकाेटी र पुडासैनी दाङ जिल्लाका दुई उपमहानगरपालिकाको ‘कमाण्ड’ सम्हाल्न पुगेका छन्।

सोही ‘ब्याच’मा आदिवासी/जनजाति कोटाबाट रितेशकुमार शाक्य र खुला प्रतिस्पर्धाबाट बाबुराम ज्ञवाली लेखाको उपसचिव भएका थिए। बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको भूमिकामा छन्। २०६७ असारका लेखा उपसचिवहरूमा सचिव बनेका शोभाकान्त एक्ला हुन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #दिपक लामिछाने, #ध्रुवराज पण्डित, #रामकृष्ण पुडासैनी, #रितेशकुमार शाक्य, #शोभाकान्त पौडेल, #सुवासचन्द्र शिवाकोटी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ