चिकित्सकलाई लामो विदा नदिनेसहित स्वास्थ्य मन्त्रालयको सात बुँदे निर्देशन


काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को बिरामीको उपचारलाई व्यवस्थित गर्ने उद्धेश्यले सबै सरकारी अस्पताललाई सात बुँदे निर्देशन जारी गरेको छ ।

कोभिड-१९ को दोस्रो लहर आइसकेको भन्दै त्यसबाट संक्रमितको उपचारलाई प्रभावकारी बनाउन भन्दै सात बुँदे निर्देशन जारी गरको हो ।

चिकित्सकहरुलाई लामो विदा नदिने देखि स्वास्थ्यकर्मीहरुलाई आलोपालो काममा लगाउने सम्मका व्यवस्थाहरु निर्देशनमा उल्लेख गरीएको छ। ।

त्यस्तै तत्काल ओपिडी र पछि गर्न मिल्ने सर्जरीहरु नगर्ने, आइसीयू, संघन उपचार तथा आकस्मिक उपचार सबन्धि आवश्यक औजार उपकरण र अक्सिजन व्यवस्था गर्न निर्दशन दिएको छ।

रिक्त दरबन्दीमा ६ महिनाका लागि करारमा लिएर पदपूर्ति गर्नसमेत मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ ।

No description available.
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com