भेरोसेलको दोस्रो मात्रा बिहान १० देखि साँझ ४ बजे सम्म लगाइने


काठमाडौं ।  सरकारले कोरोना बिरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा आगामी जेठ २ गतेबाट लगाउने भएको छ । पहिलो मात्रा लगाएको २८ दिन पछि दोस्रो मात्रा दिन लागिएको हो । काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख बद्री बहादुर खड्काले दोस्रो मात्राको कार्यसुची तयार भएको बताए ।


देशभर २ लाख ८८ हजार बढीले भेरोसेलको पहिलो मात्रा खोप लगाएका छन् । १८ वर्ष देखि माथि ५९ वर्ष उमेर समूहका नागरिकले यो खोप लगाएका हुन् । उपत्यका र उपत्यका आसपासका जिल्लामा १ लाख ५९ हजार ४९९ जनाले पहिलो मात्रा लिएका छन् ।

खड्काका अनुसार २ देखि ११ गते (१०दिन) सम्म खोप संचालन हुने छ । विगतका खोप केन्द्रहरुलाई नै सरकारले निरन्तरता दिएको छ । ‘खड्काले भनेका छन्, ‘जेठ २ देखि भेरोसेलको दोस्रो मात्रा खोप लगाईदै छ । आफ्नो पालिका÷वडा र आफुलाई पायक पर्ने खोप केन्द्रमा गएर लगाउन सक्नु हुनेछ ।’

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ##khop

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com