स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन ‘आलटाल’


काठमाडौं । कोरोना महामारीमा ज्यान जोखिममा राखेर बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन सरकारले आलटाल गरेको छ । दुई हप्ताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ मा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने घोषणा गरेका थिए । तर, अहिले सम्म जोखिम भत्ता दिने विषयमा सरकार आलटाल गरिरहेको छ ।

अघिल्लो वर्ष अर्थात कोरोनाको पहिलो वेभमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई १००, ७५ र ५० प्रतिशत भत्ता दिने निर्णय गरेको थियो ।

अघिल्लो वर्ष बिरामीको उपचार वापत पाएको रकम कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीलाई दिने निर्णय थियो । तर, अधिकाशं अस्पतालले रकम उपलब्ध नगराएपछि यस पटक सरकारले सम्बन्धित कर्मचारीको खातामा तलवसँगै जोडेर ५० प्रतिशत भत्ता पठाउने भएको हो ।

अघिल्लो वर्ष जोखिममा काम गर्ने स्वास्थ्यकर्मीले भत्ता नपाए पछि सरकारको बिरोध भएको थियो । प्रशासन तर्फका कर्मचारीले कोरोनाका नाममा भत्ता बुझेपनि संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीले पाएका थिएनन् । अधिकारीहरुले अहिले पनि भत्ता दिन ढिला भइसकेको बताएका छन् ।

महामारीको समयमा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन पनि निर्णय गरे अनुसार तत्काल भत्ता दिनु पर्छ । ‘स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले भने, ‘चैत देखि अस्पतालहरुले उपचार थालेका छन्, ती अस्पतालमा काम गर्ने कर्मचारीलाई बैशाख सम्मको तलवमा जोडेर भत्ता समेत पठाउनु पर्छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जोखिम भत्ताको विषयमा दिनहुँ छलफल भएपनि कसरी उपलब्ध गराउने भन्ने विषयको टुङगोमा पुग्न बाँकी रहेको बताए । आगामी ६ महिना कोरोनामा खटिएका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने कुरा भएको छ, डा गौतमले भने, तर, त्यसको वर्गिकरण गर्न अझै बाँकी छ ।

स्वास्थ्य मन्त्रालयले अघिल्लो वर्षको कात्र्तिक देखि जोखिम भत्ता वितरण गरिएको छैन । अहिले पनि कहिले देखिको वितरण गर्ने भन्ने निर्णय भएको छैन । केस घट्दै गएकाले यो वर्षपनि जोखिम भत्ता वितरणमा आशंका उब्जिएको अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले ५० प्रतिशत जोखिम भत्ता दिने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ । उक्त प्रस्तावमा अर्थले सहमतीदिए मन्त्रीपरिषद् लगी तत्काल लागु गर्ने स्वास्थ्य मन्त्रालयको योजना छ ।

प्रवक्ता डा गौतमका अनुसार मन्त्रालय र विभागका कर्मचारीलाई भने जोखिम भत्ता उपलब्ध नगराइने भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सफाईकर्मी लगायतलाई उपलब्ध गराउने हो प्रवक्ता गौतमले भने, कोरोनाको बिरामी नहेर्ने स्वास्थ्यकर्मीलाई पनि जोखिम भत्ता नदिने प्रस्तावमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले देशभरका स्वास्थ्य सस्थासँग कोभिडमा काम गर्ने स्वास्थ्यकर्मीहरुको सुचि माग गरेको छ । सोही सुचिका आधारमा सिधै खातामा रकम पठाइने छ । यस पटक केस बेसको शोध भर्ना बाहेक कोभिड–१९ मा खटिने स्वास्थ्यकर्मीलाई छुट्टै ५० प्रतिशत जोखिम भत्ता दिन लागिएको हो ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com