मानसिक तनाव दिएको आरोप लगाउँदै इनरुवाका चिकित्सकले राजीनामा दिए


काठमाडौं ।  मानसिक तनाव दिएको आरोप लगाउँदै सुनसरी जिल्ला अस्पताल इनरुवाका चिकित्सकहरुले राजीनामा दिएका छन् । कार्यस्थलमै असुरक्षित भएको भन्दै इनरुवाका ८ मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका हुन् ।

मानसिक तनाव दिने र धम्काउने व्यक्तिलाई मेडिकल सुपरिटेन्डेन्टले नै मौन समर्थन गरेको उनीहरूको आरोप छ ।

सामूहिक राजीनामा बुझाउनेमा मेडिकल अधिकृतहरु डा. रतिकुमार यादव, डा. आशिष देव, डा. महेशकुमार शाह, डा. अभिषेकुमार सिंह रहेका छन् । त्यस्तै डा. कृतिका हमाल, डा. दिपेन्द्र मेहता र डा. वीरेन्द्र मण्डल र श्रेया पंगेनीले पनि सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरेका हुन् ।

हेर्नुहोस् सामूहिक राजीनामा पत्र

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com