कसरी आयो दर्ता बिना १५ हजार विवादीत औषधि ‘कोरोनिल’


काठमाडौं १९ । भारतमा निकै विवादीत बनेको कोरोना विरुद्धको आयुर्वेदीक औषधि कोरोनिलले अनुमती नै नलिइ नेपाल प्रवेश पाएको छ । भारतीय आयुर्वेद संस्था पतञ्जलिले बनाएको कोभिड १९ को औषधि विश्वभर विवादीत छ । तर, नेपालमा सहज आयत भएको छ ।

नेपालको औषधि व्यवस्था विभागले समेत अघिल्लो वर्ष अनुमती रोकेको थियो । निकै आर्थिक प्रलोभनमा पार्न खोजेपनि त्यस बेलाको नेतृत्व नारायणप्रसाद ढकालले रोकेका थिए ।  तर, एक्कासी औषधि व्यवस्था विभागको नेतृत्वमा भरत भट्टराई आएसँगै बिना दर्ता विवादीत कोरोनिल भित्रिएको छ ।

कागजपत्र नक्कली पेश गरेपछि अघिल्लो वर्ष आयात अनुमती रोकिएको थियो । अहिले पनि पतञ्जलीले बनाएको कोरोनिल आयातका लागि अनुमती नपाएको विभागका सुचना अधिकारी सन्तोष केसी बताउँछन् ।

तर, अनुमती नपाएको सस्थाले लुकाएर ल्याएको १५ हजार कोरोनिल ट्याब्लेट औपचारीक रुपमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी, सचिव लक्ष्मण अर्यालले लिएका छन् ।

GETTY IMAGE

पतंजली योग पिस्ट नेपालका ट्रस्टि सालिकराम सिंहले दर्ता गरेरै किट ल्याएको बताए । ‘सरकारलाई कोरोनिल किट दिएका छौं, ‘नेपालका ट्रस्टि सालिकराम सिंहले भने, हामीले औषधि व्यवस्था विभागमा दर्ता गराएरै ल्याएका हौं । बेच्न ल्याएको हैन निःशुल्क दिन ल्याएको हो ।’

कुनै पनि औषधि प्रयोग गर्न ल्याउनु पूर्व औषधि व्यवस्था विभागबाट स्वीकृती पाउनु पर्छ । केसीले पतंजली योग समितिले विवादीत औषधि कोरोनिल कसको संरक्षणमा ल्यायो आफै अचम्ममा परेको छु केसीले भने ।

दिव्य कोरोनिल ट्याब्लेट नाम दिइएको यो आयुर्वेद औषधि भारतमा प्रतिबन्ध छ । अधिकारीहरुले आर्थिक चलखेलमा कोरोनिल बिना दर्ता नेपाल ल्याउन दिएको बताएका छन् । औषधि व्यवस्था विभागका अधिकारीहरु नै यो औषधि सानो तिनो चलखेलमा आउन सम्भव नभएको बताउँछन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ##आयुर्वेद औषधि

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com