छाेराले डाक्टरी विद्या पास गरेकाे उपलक्ष्यमा १ लाख सहयाेग


काठमाडौं । बरिष्ठ समाजसेवी हाल अमेरिकामा बस्दै आएका हेम थापाले छाेरा डाक्टर बनेकाे उपलक्षमा एक लाख सहयोग गरेका छन्। उनले उक्त सहयाेगलाई निकै सानाे सहयाेगका रुपमा लिएका छन् ।

हेम माया फाउन्डेसनकाे तर्फबाट छाेरा सुशील थापा डाक्टर बनेपछि खुसि साट्दै नेपालकाे एक टेलिभिजन साे रजतपट काेसेली अभियानलाई एक लाख सहयाेग गरेका हुन् ।

अमेरिकामा आफ्नो व्यापार व्यवसाय गर्दै आएका हेमले समाजसेवा मार्फत धेरै नेपालीलाई सहयोग गर्दै आएका छन् । विपन्नन नागिरकहरुकाे स्वास्थ्य, शिक्षामा बढि केन्द्रित हुने थापाले यसपटक कला क्षेत्रमा सहयोग गरेका हुन् ।

रजतपट मार्फत विभिन्न समस्यामा परेका कलाकर्मिहरुकाे सहयोगार्थ याे रकम खर्च  हुने छ । थापले विगत 38 वर्षदेखि निरन्तर समाजसेवा गर्दै आएका छन् । बुबाबाट सेमाजसेवाकाे काम सुरु गरेका थापाले हाल सम्म साढे १४ कराेड रुपैयाँ बढि सहयोग गरिसकेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com