देशभर २७५ वेड पेडियाट्रिक आइसियु थप्ने तयारी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो छालको सम्भावना रहेको भन्दै लेशभर २७५ वेड पेडियाट्रिक आइसियु थप्ने भएको छ । बाल मृत्युदर घटाउने भन्ने लक्ष्य सरकारको भएपनि त्यसका लागि आवश्यक पर्ने उपकरण अस्पतालहरुमा पर्याप्त छैनन् ।

 NICU photo Bharatpur by Tuth

देशभर पुगनपुग ३ सय ५० बालरोग विशेषज्ञ चिकित्सक छन् । तर, क्रिटिकल केयरमा काम गर्ने बालरोग विशेषज्ञको संख्या नगन्य छ । पेडियाट्रिक सोसाइटी नेपालका अध्यक्ष प्राध्यापक डा गणेश राई मुलकभर करिब ३ सय ५० जनाको संख्यामा बालरोग विशेषज्ञ भएको बताउँछन् । तर, सबै बालरोग विशेषज्ञहरु कोभिडमा काम गर्ने खालका छैनन् ।

NICU 

कोरोनाको तेस्रो छाल बालबालिकामा देखा पर्ने अड्कलबाजीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा चलिरहेको छ । वृद्धवृद्धाबाट युवामा संक्रमण देखिएको र त्यो क्रम पनि घट्न थालेकाले अब संक्रमण फैलन बाँकी बालबालिकामा देखा पर्न सक्ने अड्कलहरु अधिकारीहरुको ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले २२ अस्पतालमा क्षमता अनुसार पेडियाट्रिक आइसियु थप गर्न लागेको बताए । तर, त्यसका लागि बजेट अर्थ मन्त्रालयले स्वीकृत गर्नु पर्ने हुन्छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरु भन्छन्, स्वास्थ्य क्षेत्रमा संकट परेपनि अर्थ मन्त्रालय सहज रुपमा पैसा दिने पक्षमा छैन । प्रवक्ता पौडेल भन्छन्, २७५ वेड पेडियाट्रिक आइसियु थप गर्न ३३ करोड भन्दा बढी रकम आवश्यक पर्छ ।

मेची, कोशी, राजबिराज, बिरगञ्ज, चितवन, भिम अस्पताल, बुटवल, नेपालगञ्ज, सुर्खेत, दाङ, डडेल्धुरा, सेती र महाकाली अस्पतालमा पेडियाट्रिक वार्ड छन् । तर, पिआइसियु, एनआइसियु, एचडियु छैनन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवनका दुई मेडिकल कलेज, भरतपुर अस्पताल, र नेपालगञ्ज मेडिकल कलेजमा थोरै संख्यामा एनआइसियु वेड छ । बाल मृत्युदर घटाउन धेरै ठाउँमा एनआइसियु खोलीयो तर २८ दिन भन्दा माथिको बच्चाको उपचार गर्न पिआइसियु खोलीएको छैन ।

PICU

उपत्यकामा शिक्षण अस्पताल, पाटन अस्पताल, कान्तिबाल अस्पतालमा पिआइसियु छ । सरकारले समस्या नहोस् भनेर सानो अस्पतालमा ५ वेड र ठुला अस्पतालमा २० वेड आईसियु थप गर्न लागेको हो । तर, संचालन गर्ने जनशक्तिको विषयमा सरकार अझै अलमलमा देखिएको छ ।

मुलुकमा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाको संख्या ८२ लाख भन्दा बढी रहेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ##NICU, ##PICU #NICU

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com