डेनमार्कले पनि १४ लाख एस्ट्राजेनेका खाेप दिने


काठमाडौं  । डेनमार्क सरकारले नेपाललाइ १४ लाख कोभिडविरुद्धको खोप अनुदानमा दिने भएको छ। डेनमार्कले नेपाललाई युनिसेफ मार्फत एस्ट्राजेनेकाले तयार पारेकाे खोप दिने पत्र पठाइसकेको स्वास्थ्य सेवन विभागले जनाएकाे छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह तिंकरीका अनुसार डेनमार्क सरकारको पत्र पाए लगत्तै विभागले युनिसेफमा पत्र पठाएकाे छ ।

यस अगाडि बेलायत सरकारले १० लाख र अमेरिकाले पनि केही लाख खाेप दिने घाेषणा गरिसकेका छन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com