दानमा आएका भेन्टिलेटर बिग्रन थाले, हाल सम्म ३०४ भेन्टिलेटर जुट्यो


काठमाडौं । ०७६ माघ ९ देखि ०७८ जेठ १० गतेसम्म विकास साझेदार सस्थाहरुले ३०४ वटा भेन्टिलेटर नेपाल सरकारलाई सहयोग गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहयोगबाट प्राप्त भएका ती भेन्टिलेटरहरु देशभरका स्वास्थ्य सस्थामा वितरण गरेको छ । तर, वितरण भएका भेन्टिलेटरको अवस्था के छ भन्ने विषयमा कसैले चासो देखाएका छैनन् ।

उपत्यकामा मात्रै कम्तिमा पनि ८ वटा भेन्टिलेटर बिग्रिएका छन् । अस्पतालहरुले बताए शिक्षण अस्पताल महाराजगन्ज ५, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ वटा बिग्रिसकेका छन् । शसस्त्र प्रहरी अस्पतालमा ३ वटा चलेको छैन ।

दाताले दिएका उपकरणहरु लिन होडबाजी गर्ने तर लिएपछि बिगार्ने परिपाटीको बिकास तिब्र रुपमा भइरहेको छ । अस्पतालका प्रमुखहरु मर्मत गर्ने सामग्री नपाएर पनि समस्या भएको बताउँछन् ।

सरकारले जेठ १० सम्म कोरोना अवधिभर दाताबाट ३०४ वटा भेन्टिलेटर, ८ सय अक्सिजन कनसन्टेटर, १२६ वाइप्याप मेसिन र ७ सिप्याप मेसिन जुटाएको छ । दोस्रो वेभमा ९६ वटा भेन्टिलेटर सहयोग भएको थियो भने, पहिलो वेभमा २०८ वटा सहयोग प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२०० थान अक्सिजन कन्सनटेटर सहयोग गर्दै हंसि ग्र्रुप

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा रवी शाक्य तीन वटा भेन्टिलेट बिग्रिएको बताउँछन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिडका लागि १८ वटा भेन्टिलेटर छन् । दुई दिन अगाडी मात्रै थप तीन वटा भेन्टिलेटर सरकारले दिएको छ । हामीलाई धेरै जसो भेन्टिलेटर नेपाल सरकारले सहयोग गरेको छ उनले भने । सहयोग बाट लिएका मध्य तीन वटा बिग्रिएका छन् ।

त्यस्तै शिक्षण अस्पतालका निर्देशक डा दिनेश काफ्ले पाँच वटा भेन्टिलेटर बिग्रिएको बताउँछन् । कोरोना नियन्त्रणका लागि शिक्षण अस्पताललाई हालै चीन सरकार र स्वीजरल्याण्ड सरकारले थप ५ वटा भेन्टिलेटर सहयोग गरेका छन् ।

शिक्षण अस्पतालमा भएका ६० भेन्टिलेटर मध्ये २८ वटा भेन्टिलेटर कोभिडमा प्रयोग भएका छन् । ती मध्ये ५ वटा भेन्टिलेटर बिग्रिएका छन् । दाताहरुले सहयोग गरेका भेन्टिलेटरका सामानहरु यहाँ नपाउने भएकाले बनाउन सकिएको छैन उनले भने । अस्पतालमा सहयोग स्वरुप १६ वटा भेन्टिलेर प्राप्त भएको छ ।

सशस्त्र प्रहरी अस्पतालमा तीन वटा पोर्टेबल भेन्टिलेटर चलाउन बाँकी छ । सरकारले ९ वटा भेन्टिलेटर सहयोग गरेको थियो । बिचमा अपुग भएपछि दुई दिन अगाडी मात्रै थप तीन वटा दिएको थियो । तर, उक्त भेन्टिलेटर चलाउन सकेको छैन ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com