डा बुद्धिमानद्धारा चापाकोट र गल्याङमा स्वास्थ्य सामग्री वितरण


काठमाडौं । चिकित्सक तथा बरिष्ठ स्वास्थ्य उद्यमी बुद्धिमान श्रेष्ठले स्याङ्जाको चापाकोट र गल्याङ नगरपालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएका छन् । कोरोना महामारीको चपेटामा परेका स्वास्थ्यकर्मीलाई सहयोग पु¥याउने उदेश्यले डा श्रेष्ठले बीएम फाउन्डेशन र रोटरी क्लव अफ काठमाडौँ नर्थको संयुक्त पहलमा जिल्लाको चापाकोट र गल्याङ नगरपालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएका हुन् ।

No description available.

ठुलो सहयोग नभएपनि आफुले दिएको सानो सहयोगले कोरोना प्रकोपलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिएको छु, डा श्रेष्ठले भने । उनका अनुसार चापाकोट नगरपालिकालाई २ हजार ५०० थान मास्क, ५० थान फेस सिल्ड १० लिटर स्यानिटाइजर, १० वटा पल्स अक्सिमिटर, १० सेट पिपिई उपलव्ध गराइएको छ।

No description available.
त्यस्तै गल्याङ नगरपालिकालाई २ हजार ५ सय थान मास्क, १० थान पीपीई, १५ लिटर स्यानिटाइजर, १० वटा पल्स अक्सिमिटर उपलव्ध गराएको हो । श्रेष्ठले आवश्यकता अनुसार आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता जनाएका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com