देशमा १४ लाख ३२ हजार २७७ जना दीर्घरोगी, (दीर्घरोगीको संख्या)


काठमाडौं । कोरोना भाइरस कोभिड–१९ बाट दीर्घरोगीहरु बढी जोखिममा देखिएका छन् । मृत्यु भएकाहरु पनि अधिकाशं कुनैन कुनै दीर्घरोग भएका छन् । विश्व स्वास्थ्य संगठनले पनि श्वासप्रश्वास, मुटु रोग, मिर्गौला रोग, मधुमेह, उच्च रक्तचाप र क्यान्सरका बिरामी कोरोनाको उच्च जोखिममा परेको बताउँदै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि बालबालिका, वृद्धवृद्धा र दीर्घरोग भएकाहरुलाई जोगाउन पटक पटक अनुरोध गर्दै आएको छ । अघिल्लो वर्ष कोरोनाका कारण अधिकाशंले नियमित औषधि–उपचार समेत पाएका थिएनन् । सरकारले गरेको लकडाउनको प्रभाव दीर्घरोगीमा परेको थियो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेल भर्गवती महिला, दिर्घरोगीहरुमा परेको प्रभावबारे छुट्ट्रै तथ्यांक नबनाएको बताउँछन् । उनले दोस्रो वेभ तिब्र रुपमा आएकाले व्यवस्थापनमा केही कठिनाई भएकाले अब त्यसको तथ्यांक संकलनमा लाग्ने बताए ।

रोगप्रतिरोधी क्षमता कमजोर हुने यो समूहका व्यक्ति संक्रमणको उच्च जोखिममा रहेकाले स्वास्थ्यमन्त्रालयले सचेत गराइरहेको छ । तर, कतिपयले नियमित औषधि उपचार नपाएर ज्यान गुमाइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका अस्पतालबाट प्राप्त तथ्यांकअनुसार हाल देशमा १४ लाख ३२ हजार २७७ जना दीर्घरोगी छन् । अझै कोरोनाका कारणले कतिपय रिपोर्ट संकलन भएको छैन । परिवार कल्याण महाशाखाका अनुसार प्रत्येक वर्ष ४ लाख बढी गर्भवती हुने गरेका छन् । अघिल्लो वर्ष चार लाख १२ हजार दुई सय ३० गर्भवती भएको तथ्यांक थियो ।

मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार उच्च रक्तचापका मात्रै बिरामी ५ लाख ४१ हजार १३८ जना छन् । अघिल्लो वर्षको जस्तो निषेधाज्ञा नभएकाले यस पटक विगतमा जस्तो औषधि उपचारमा समस्या नभएको मन्त्रालयले जनाएको छ । तर, कतिपय दुर्गम क्षेत्रमा समस्या परेको हुन सक्छ मन्त्रालयले भनेको छ ।

श्वासप्रश्वासका बिरामीको संख्या पनि निकै छ । तथ्यांक अनुसार २ लाख ६६ हजा २७५ जना बिरामी छन् । त्यसैगरी १७ हजार ११९ जना क्यान्सरका बिरामी छन् । मुटुरोगका ३ लाख २० हजार २१० जना छन् भने, मधुमेह रोगका २ लाख ५ हजा ४३० जना रहेका छन् । यता मिर्गौला रोगीको संख्या ८२ हजार १ सय ५ जना छ । उनिहरु मध्ये १५ हजार भन्दा बढीले नियमीत डायलासिस सेवा लिइरहेका छन् ।

देशभर दीघरोगीको अवस्था

  • श्वासप्रश्वासका बिरामी   २६६२७५
  • क्यान्सरका बिरामी         १७११९
  • मुटुरोगका बिरामी           ३२०२१०
  • उच्च रक्तचाप                ५४११३८
  • मिर्गौला रोगी                  ८२१०५
  • मधुमेह                          २०५४३०

(स्रोत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com