जोनसोन एण्ड जोनसोनले भन्यो, नेपाललाई खोप दिन सकिन्न


Johnson & Johnson discards batch of COVID-19 vaccine that failed quality checkकाठमाडौं ।  अमेरिकी खोप कम्पनी जोनसोन एण्ड जोनसोनले नेपाललाई खोप दिन नसक्ने बताएको छ । दुई हप्ता अगाडी सरकारलाई जोनसोनले खोप दिने भन्दै सकारात्मक जवाफ पठाएको थियो । तर, छोटो समयमा बोली फेर्दै जोनसोन एण्ड जोनसोनले नेपाललाई तत्काल खोप दिन नसक्ने बताएको हो ।

बिहिवार स्वास्थ्य मन्त्रालयमा भएको जुम मिटिङमा जोनसोन एण्ड जोनसोनले खोप दिन नसक्ने स्पष्ट पारेको हो । ‘छलफलमा जोनसोनका एक अधिकारीले भने, खोप न्युन मात्रै उत्पादन भएकाले अहिले हामीले नेपाललाई दिन सक्ने अवस्थामा छैनौ ।’

जोनसोन एण्ड जोनसोनका अधिकारी र स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी बिच बिहिवार साँझ छलफल गरेको थियो । उक्त छलफलमा नेपालका अधिकारीहरुले प्र्रस्ट रुपमा खोप उपलब्ध हुने नहुने बारे बोल्न भनेका छन् जोनसोन एण्ड जोनसोनको खोप एक डोज लगाए मात्रै पुग्ने छ ।

भारतीय खोप उत्पादक कम्पनी सेरमले उत्पपादन गरेको कोभिसिल्ड खोप करिब १३ लाख बृद्धबृद्धाले दोस्रो मात्रा लगाउन पाएका छैनन् । उनिहरुको समय सकिएको छ ।

copy image

सेरमले तत्काल नदिने बताए पछि स्वास्स्थ्य मन्त्रालयले एस्ट्राजेनेकाको कुनै पनि खोप प्रयोग गर्न सकिने बताएको छ । सोही आधारमा स्वास्थ्य मन्त्रालयले एस्ट्राजेनेकाले उत्पादन गरेको जोनसोन एण्ड जोनसोन खोप खरिदका लागि छलफल गरेको थियो ।

जोनसोन एण्ड जोनसोनले समेत सकारात्मक जवाफ पठाएको थियो । तर, एकाएक बुधबारको बैठकमा दिन नसक्ने बताएपछि थप समस्या देखिएको छ ।

जोनसोन एण्ड जोनसोन नेपाललाई सिधै दिन नसक्ने भन्दै आफुहरुले कोभ्याक्स सुबिधामा दिने बताए । त्यसको स्वास्थ्य अधिकारीहरुले बिरोध जनाए । जोनसोन एण्ड जोनसोनले नदिए पनि कोभ्याक्स सुबिधाले नेपालको २० प्रतिशत जनतालाई पुग्ने खोप दिने बताएको थियो । अन्य बाँकी खोप नेपाल सरकार आफैले किन्नुपर्छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com