सिन्धुपाल्चोकको आकाश मै गयो मन्त्रीपद


काठमाडौं । सिन्धुपाल्चोकको आकाशबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङको मन्त्री पद खुस्किएको छ । मंगलबार केपी ओलीको कामचलाउ सरकारले गरेको मन्त्री परिषद् बिस्तारलाई सर्वोच्च अदालतले बदर गरेको छ । उक्त निर्णय बदर गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ सिन्धुपाल्चोकको आकाशमा उडिरहेका थिए ।

सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तार बदर गरेपछि २० मन्त्री पदमुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दुई चरणमा गरेको मन्त्रिपरिषद विस्तार संवैधानिक कि असंवैधानिक भनेर बहस चलिरहेको थियो । बहस चलिरहेका बेला तामाङ सिन्धुपाल्चोको बाढी प्रभावित क्षेत्र गएका थिए ।

मेलम्ची तथा हेलम्बुका बाढी प्रभावितहरुलाई भेटेर मन्त्री तामाङले खानेकुरा र अस्थायी बसोबासको व्यवस्था गर्ने साथै महामारी नियन्त्रणमा लागी पर्ने आश्वासन दिएका थिए । तर आश्वासन दिएको घण्टा बित्न नपाउँदै आकाशमै पद गुमेको छ । सर्वोच्चको फैसलासँगै १८ दिनमै उनी बिदा भएका छन् । अब चार जना मन्त्रीले २५ मन्त्रालय चलाउने छन् । (तस्विर रासस)

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com