कोरोना प्रेस मिटमा सांकेतिक भाषा बोल्नेले मंसिर देखि पैसा पाएनन्


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना प्रेस मिटमा सांकेतिक भाषा बोल्नेलाई मंसिर देखि पैसा दिएको छैन । नियमीत पत्रकार सम्मेलनमा दुई जनाले सांकेतिक भाषामा बोल्दै आएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उनिहरुले मंसिर देखि पारिश्रमीकको पैसा नपाएको गुनासो गरेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णा पौडेललाई उनीहरुले रकम उपलब्ध गराउनु निवेदन दिएका छन् ।

यस अगाडीका प्रवक्ता डा जागेश्वर गौतमले उनिहरु भोलेन्टिरी गर्न आएकाले पैसाको आवश्यकता नपर्ने बताए । ‘बिच बिचमा उनिहरु परिवर्तन भएका छन्, डा गौतमले भने, मान्छे फेरिदै पच्छिे फरक कुरा हुन्छन् । भोलेन्टरी गर्न आएकालले सरकारले पैसा दिनु पर्दैन ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा दैनिक पत्रकार सम्मेलन गर्दा ५ हजार खर्च गर्दै आएको थियो । हाल नेपाल टेलिभिजन मार्फत पत्रकार सम्मेलन हुदै आएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com