बाढीपहिरो प्रभावितलाई तत्काल खोप


काठमाडौं । सरकारले बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप तत्काल लगाउने भएको छ । स्वास्थ्य मन्त्रालयले चाँडै नै कोभिड–१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताएको छ ।

सरकारले कोभिड–१९ तेस्रो लहरका लागि अहिलेदेखि नै सरकारले तयारी थालेको छ । स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार बनाउन बैङ्किङ एशोसिएशनले उपलब्ध गराउने रु ३३ करोडको स्वीकृत गर्ने भएको छ । उक्त रकमबाट बालबालिका केन्द्रित २७५ शैय्या आइसियुको निर्माण गरिने छ ।

यस्तै उनले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि ६०० वेड सघन उपचार कक्ष (आइसियु), १८० भेन्टिलेटर, एक हजार ४ सय हाइडिपेन्डेन्सी युनिट (एचडियु), २७५ बालबालिकाका लागि एनआइसियु र पिआइसियु शैय्या थप गर्ने भएको छ । उक्त काम अगामी दुई महिना भित्र काम सम्पन्न गर्नु पर्ने छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com