चीनबाट खरिद गरेको खोपको मुल्य १० डलर २५ सेन्ट


काठमाडौं । सरकारले चीनबाट खरिद गरेको ३० लाख डोज भेरोसेलको मुल्य प्रति डोज १० डलर २५ सेन्ट रहेको छ । स्वास्थ्य लाइभलाई प्राप्त जानकारी अनुसार प्रति डोज खोपको मुल्य १० डलर र सिरिन्जको मुल्य २५ सेन्ट तय गरिएको छ ।

चीनले खोपसँगै सिरिन्ज उपलब्ध गराएको छैन । सिरिन्ज सरकार आफैले खरिद गर्नुपर्छ । चीनले सिरिन्ज पनि खरिद गर्ने सर्त अनुसार सम्झौता गराएको हो । परिवार कल्याण महाशाखाका निर्देशक डा तारा पोखरेलले सिरिन्ज विभागमा पनि ३० लाख भन्दा बढी भएको बताए । उनले भने, हामीसँग पनि रिसिन्जत धेरै छ तर, चिनियाँ खोपमा हामीसँग भएको नमिल्न पनि सक्छ ।

चिनियाँ उच्च स्रोतका अनुसार नेपालले प्रति डोज १० डलर र सिरिन्जको २५ सेन्टका दरले १० लाख डोजको रकम पठाएको छ । राष्ट्रिबैङ्कको स्टेटमेन्ट आइपुगको छ, ती अधिकारीले भने रकम सोमबार सम्म हात पर्ला ।

नेपालले ३० लाख डोज खोप खरिदमा लोकल एजेन्ट छिराउने प्रयासले खरिदमा एक महिना ढिला भएको ती अधिकारीले बताए । तर, चीन लोकल एजेन्ट छिराउन दिने पक्षमा उभिएन । नेपालले प्रति डोज १२ डलरको प्रस्ताव गरेको थियो, हामीले भनेनौं ११ डलरमा उपलब्ध गराएर १ डलर एजेन्टलाई दिन प्रस्ताव आएको थियो तर, त्यसमा पनि स्वीकार नगरेपछि अन्तिममा सिधै किन्ने सम्झौता भएको हो ।

 खाेप लिन जाने तालिका

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com