बालबालिकामा सर्ने रोग कम, नसर्ने बढ्दो


काठमाडौं । नसर्ने रोगको जोखिममा बालबालिका पर्न थालेको चिकित्सकहरुले बताएका छन् । बालबालिका नसर्ने रोगको जोखिममा पर्न थालेपछि स्वास्थ्य नीतिमा परिवर्तन आवश्यक भएको विज्ञ चिकित्सकले बताएका हुन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा आयोजित एक कार्यक्रममा चिकित्सकहरुले नसर्ने रोगको उच्च जोखिममा बालबालिका पर्न थालेको बताए । कार्यक्रममा सहभागी डा भगवान कोइरालाले नसर्ने रोगबाट बालबालिका प्रभावित हुन थालेको बताए ।

‘विगतमा बालबालिका यसको जोखिममा पर्दैनन् भनेर नीति युवा केन्द्रित थियो डा कोइरालाले भने, ‘तर पछिल्ला अध्ययन अनुसन्धानहरुले बालबालिका पनि नसर्ने रोगबाट प्रभावित भएको पाएपछि स्वास्थ्य नीतिमा परिवर्तन आवश्यक देखिएको हो ।’

पेडियाट्रिक सोसाइटी नेपालका अध्यक्ष डा गणेश राई पनि बालबालिकामा नसर्ने रोग बढ्दै गएको बताउँछन् । विगतमा झाडापखाला र रुघाखोकी कडा भएर बालबालिकाको मृत्यु हुथ्यो । नेपालमा झाडापखाला र निमोनियाबाट धेरै बालबालिकाको मृत्यु हुने डा राई बताउँछन् । त्यस्तै नसर्ने भएपनि कुपोषणका कारण पनि धेरैको मृत्यु भएको छ ।

राई भन्छन् नसर्ने रोग बच्चामा बढ्नुका दुई कारण छन् । उपचार गर्दा रोग पत्ता लगाउने प्रविधिहरु नयाँ नयाँ भए, जनताहरु पनि जागरुक भए जसले गर्दा नसर्ने रोग बाहिर आयो ।

डा राईका अनुसार बालबालिकामा जन्मजात मोतिबिन्दु, खुट्टा जोडिने, औला सानो हुने जस्ता वंशाणुगत रोग देखिएका छन् । त्यस्तै दम, छालाको एलर्जि, नाक बन्द हुने, मुटु रोग, क्यान्सर, मिर्गौला, ब्लड क्यान्सर, खुडेपन, नसाको समस्या जस्ता थुप्रै नसर्ने रोग बालबालिकामा देखिन थालेको छ ।

चिकित्सकहरुले बालबालिकालाइ मृत्यु गराउने झाडापखाला, निमोनिया, जापानिज इन्सेफ्लाइटीस जस्ता सरुवारोग हराउदै गएको बताका छन् । आर्थिक विकास हुदै जादा यी रोगहरु आफै कम हुदै गएका छन् । डा राईका अनुसार बालबालिकामा मोटोपन बढेर गएको छ । जंफुडको प्रयोगले पनि यस्तो भएको हो । विगतमा प¥याप्त खान नपाएर ख्याउटे भएकाहरुलाई कुपोषण भनिन्थ्यो डा राईले भने, अहिले खान पाएर मोटो भएकालाई पनि कुपोषण भन्न थालिएको छ ।

सर्ने रोगमा भएको सुधार
१५ वर्ष पहिला सर्ने रोग कुपोषण, निमोनिया र झाडापखालाबाट वर्षमा ४० हजार बालबालिकाको मृत्यु हुदै आएको थियो । तर, हाल ५ वर्ष मुनिका करिब ५ हजारको मृत्यु भएको छ ।
यस बिचमा बालबालिकामा बिफर नियन्त्रण, पोलियो नियन्त्रणको चरणमा, झाडापखाला कम, जापानिज इन्सेफ्लाइटीस कम, निमोनिया कम, दादुरा कम, टिटानस कम, भ्यागुते रोग, लहरे खोकी, म्यानेन्जाइटीस जस्ता सरुवा रोग कम भएका छन् ।

नसर्ने रोगको जोखिम
बालबालिकामा जन्मजात मोतिबिन्दु, खुट्टा जोडिने, औला सानो हुने जस्ता वंशाणुगत रोग देखिएका छन् । त्यस्तै दम, छालाको एलर्जि, नाक बन्द हुने, मुटु रोग, क्यान्सर, मिर्गौला, ब्लड क्यान्सर, खुडेपन, नसाको समस्या जस्ता थुप्रै नसर्ने रोग बालबालिकामा देखिन थालेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ