पहिलो दिन ८२ हजार ९ सय २४ जनाले खोप लगाए


काठमाडौं । कोरोना भाइरस कोभिड–१९ विरुद्धको भेरोसेल दोस्रो मात्राको पहिलो दिन ८२ हजार ९२४ जनाले खोप लगाएका छन् । देशभरका ७७ जिल्ला मध्ये ४७ जिल्लाबाट खोप संचालन भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखा प्रमुख डा झलक गौतमले बेलुका सात बजेसम्म ८२ हजार ९२४ जनाले खोप लिएको विवरण आएको बताए ।

सबै भन्दा बढी टेकु अस्पतालमा लगाइएको छ । अस्पतालले झण्डै ४ हजार बढी खोप लगाएको छ । स्थान अभावका कारण पनि टेकु अस्पतालले सहज व्यवस्थापनका बिच खोप चलाएको हो । अस्पतालका इमर्जेन्सी विभागका इन्चार्ज लिलानाथ भण्डारीले सहज रुपमा खोप सेवा संचालन भएको बताए ।

इमर्जेन्सीको व्यवस्थापन गर्दै कर्मचारीहरुले खोपमा पनि सहजीकरण गरेका छन् । न्युन कर्मचारी र स्थान अभावका बिच पनि टेकु अस्पतालका स्वास्थ्यकर्मीले कोरोना नियन्त्रणमा अन्य अस्पतालको अनुपातमा उदाहरणीय काम गरेका छन् ।
गत २५ जेठ देखि पहिलो डोज खोप लगाएका र त्यसभन्दा अघि नै पहिलो डोज लिएर दोस्रो लगाउन छुटेकाहरुलाई पुन दोस्रो खोप दिन थालिएको हो । यस पटक करीब ५ लाख व्यक्तिलाई दोस्रो डोज खोप दिने योजना सरकारको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com