जाेन्सनकाे १५ लाख ३४ हजार खाेप नेपालआईपुग्याे


काठमाडौं । जाेन्सन एण्ड  जाेन्सनकाे काेराेना विरूद्दकाे १५ लाख ३४ हजार  ८५० डाेज खाेप नेपाल आईपुगेकाे छ । कतार एयरकाे विमानबाट बिहान १० बजे खाेप नेपाल आईपुगेकाे हाे । अमेरिकाले नेपाललाई काेभ्याक्स सुविधा मार्फत उक्त खाेप नि:शुल्क उपलब्ध गराएको हाे ।

यस अगाडि काेभ्याक्स सुविधा मार्फत ३ लाख ३८ हजार काेभिसिल्ड खाेप उपलब्ध गराएकाे थियाे । तर, अहिले सम्म दाेश्राे डाेज दिन सकेकाे छैन । जाेन्सनकाे खाेप एक मात्रै लगाए हुन्छ । साे खाेप टेकुमा भण्डारण गरिने अधिकारीहरुले बताएका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com