चीनद्दारा थप १६ लाख डोज खोप अनुदान


काठमाडाैं । छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई थप १६ लाख डोज भेरोसेल खोप अनुदानमा दिने घोषणा गरेको छ ।
नेपालका लागि चिनीयाँ राजदूत होउ यान्छीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै थप १६ लाख डोज अनुदानको खोप दिने जानकारी गराएकी छिन् ।
बालुवाटारमा प्रधानमन्त्री देउवा र राजदूत यान्छीबीच भएको भेटर्वार्ता लगत्तै प्रेस विज्ञप्ति निकालेर १६ लाख डोज खोप अनुदानमा दिने जानकारी गराइएको हो ।
चीनले यस अघि पनि दुई पटक गरेर १८ लाख खोप अनुदानमा दिइसकेको छ । पहिलो पटक ८ लाख दोस्रो पटक चीन सरकारको ८ लाख र तिब्बत सरकारको दुई लाखगरी १० लाख डोज खोप नेपालले अनुदानमा पाइसकेको छ । अब थप १६ लाख अनुदानको खोप प्राप्त हुँदा ३२ लाख खोप अनुदानमा प्राप्त गर्नेछ ।
सरकारले चीनबाट ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरिसकेको छ । जस अनुसार ८ लाख डोज खोप ल्याएर आजै लगाइसकिएको छ । ६ गते सम्म थप ८ लाख डोज खोप आइपुग्ने जानकारी प्राप्त भएको छ ।
भारतले १० लाख कोभिसिल्ड खोप अनुदानमा दिइसकेको छ । त्यस्तै नेपाली सेनालाई थप एक लाख डोज अनुदानमा दिइसकेको छ । सरकारले १० लाख कोभिसिल्ड खोप भारतबाट खरिद गरेर प्रयोग गरिसकेको छ । ओली नेतृत्वको सरकार कमिसनको चक्करमा फस्दा १० लाख डोज खोप आउन सकेको थिएन
अमेरिकाले एक डोज हान्दा हुने जोन्सन एण्ड जोन्सनको साढे १५ लाख डोज खोप अनुदानमा दिइसकेको छ । जापानले १६ लाख डोज दिने भएको छ । बेलायत सरकारले पनि १५ लाख भन्दा बढी डोज खोप अनुदानमा दिने घोषणा गरेको छ । यो सँगै खोपको अभाव नहुने सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्र बढाएर व्यवस्थित ढंगले लगाउन स्वास्थ्य मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com