स्वास्थ्यले पायो सचिव, डा रोशन पोखरेल नियुक्त


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिवमा डाक्टर रोशन पोखरेल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । सचिव नियुक्तका लागि आज बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका १२ औँ तहका प्रमुख विशेषज्ञहरु डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो । डा पोखरेले सबैभन्दा सिनियर हुन् ।

२०७६ पुस २१ गते स्वास्थ्य सचिव डा पुष्पा चौधरीले दिएको राजीनामा स्वीकृत भएपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फको सचिव पद रिक्त छ । डाक्टर चौधरीले राजिनामा दिएपछि मन्त्रालयमा सचिवको लागि पटकपटक कुरा उठेपनि हालका प्रशासन तर्फका सचिव लक्ष्मण अर्यालले रोक्दै आएका थिए । पछिल्ले खेलमा भने अर्याल असफल साबित भएका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ