मुसलमान समुदायले बकर ईद मनाए : खोप लगाएनन्


काठमाडौं । ’ईद ऊ जोहा’ अथवा ’ईल उद अधा’, धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस बर्षको बकर ईद पर्व मनाएका छन् । ईस्लाम पात्रो ’हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ’जुल हिज्जा’ महिनाको १० औं दिन यो पर्व मनाइन्छ ।

मुसलमान समुदायल बकर ईद मनाए तर, कोरोना विरुद्धको खोप लगाएका छैनन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार केहीले छिटफुट लगाएको हुन सक्छ तर, हाम्रो जानकारीमा आएको छैन । खोप लगाएको खण्डमा बच्चा जन्मिदैन, अरुको जीनबाट खोप बनाएको भन्ने अन्ध विश्वासले गर्दा मुसलमान समुदायले खोप नलगाएको पाइयो अनुगमनमा गएको सरकारी टोलीले भनेको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागका एक अधिकारीका अनुसार अन्ध बिश्वासका कारणले गर्दा मुसलमान समुदायले कोरोना विरुद्धको खोप नलगाएको देखियो । ‘हामी बुटवलको एक नम्बर वडामा पुग्यौं ती अधिकारीले भने, त्यहाँको जनप्रतिनिधिले तपाइहरु अनलाईन खोपको कुरा गर्नु हुन्छ । हामी घर घरमा लिन जादा पनि खोप लगाउन मुसलमान समुदायले मानेका छैनन् । त्यसैले तपाइहरुले राम्रोसँग सम्झाइ दिनु होला ।’

अर्का एक अधिकारीले भने, हामीले एक घण्टा खोपको विषयमा मुसलमान समुदायसँग काउन्सेलीङ ग¥यौ तर, उनिहरुमा अन्ध बिश्वास धेरै देखियो । हामी पाकिस्तानको खोप आएपछि मात्रै लगाउँछौं भनेर बसेको पाइयो । अन्य देशको खोप लगाउँदैनौं पाकिस्तानको खोपको पखाईमा छौं मुसलमान समुदायले भनेको कुरा उदृत अधिकारीहरुले भने ।

पाकिस्तानमा कोरोना विरुद्धको खोप बनिसकेको छैन । मुसलमान समुदायमा आफ्नै धर्म गुरु हुन्छन् । धर्म गुरुको पूर्ण आदेशको पालना सबैले गर्छन् । चिकित्सकहरुले कोरोना विरुद्धको खोपको फर्टिलिटीसँग कुनै सम्बन्ध नभएको बताएका छन् ।

‘चीनले बनाएको भेरोसेल खोपको फर्टिलिटीसँग कुनै सम्बन्ध छैन, अहिले पाएको बेला खोप लगाउनु भन्ने सल्लाह दिएका छौं उनले भने । तर उनिहरुमा खोप लगाउनु पर्छ भन्नेमा कुनै उत्साहनै जागेको देखिएन ।’ केही तन्नेरी युवा युवतीले खोप लिनका लागि फारम भरेको पनि देखियो तर, लगाउन चासो दिएको देखिएन स्वास्थ्य अधिकारीहरुले भनेका छन् । जनसंख्या बढाउने उनिहरुको उदेश्य छ । बच्चा जन्माउने बेलामा खोप लगाएर जन्मिदैन भन्ने ठानेर नलगाएको पाइएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com