देउवाको हस्तक्षेपले स्वास्थ्यका सबै सरुवा रोकियो


काठमाडौं । प्रधानमन्त्री पत्नी आरजुराणा देउवाको दवावमा गरिएको सरुवा रोकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको दवाव पछि स्वास्थ्य मन्त्रालयले गरेको तीन वटा सरुवा रोकिएको स्रोतले बताएको छ ।

स्वास्थ्य मन्त्री श्रेष्ठले सोमबार वीर अस्पताल कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी डा जागेश्वर गौतमको सरुवा गरी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यारत डा रुद्र मरासिनीलाई नियुक्त गरेका थिए । स्रोतका अनुसार स्वास्थ्य मन्त्रीका स्वकीय सचिव अच्युत गुरागाईको दवावमा मरासिनीलाई निर्देशकमा नियुक्त गरिएको बुझिएको छ । गुरागाई नेपाल तरुणदलका नेता हुन् ।

डा मरासिनी गगन थापा स्वास्थ्य मन्त्री हुदा भरतपुर अस्पतालको मेसु थिए । उनले भरतपुरमा उल्लेख्य सुधुर गरेर सफल नेतृन्व गरेको भन्दै सम्मान समेत थापेका थिए । मरासिनीलाई सबै चिकित्सकले राम्रो मानेपनि नियुत्तीमा भएको हस्तक्षेपको बिरोध भएको छ ।

मन्त्रीले सार्क क्षयरोग केन्द्रका प्रमुख डा विवेक लाललाई दुई महिना देखि खाली रहेको मन्त्रालयको अन्तराष्ट्रिय समन्वय शाखामा ल्याएका छन् । ११ महिना देखि फाजिलमा रहेकी रिता जोशीलाई रार्क क्षयरोग केन्द्रमा पठाइएको छ । तर, प्रधानमन्त्रीको दबाव पछि सबै सरुवा रोकिएको छ ।

देउवा पत्नी आरजु देउवा राणा र उनका भाई भुषण राणाले सरुवामा अनावश्यक दवाव दिन थालेका छन् । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दबाव थेग्न नसकेर राजिनामा दिने मनसाय बनाएको मन्त्रालय स्रोत बताउँछ ।

यता कात्तिक ७ गते अवकाश पाउन लागेका डा आरपी बिच्छालाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाउन मन्त्री र सचिवलाई देउवा पत्नीले ठुलो दबाव दिएकी छन् । हाल कान्तिबाल अस्पतालको निर्देशक रहेका विच्छा ११ तहका चिकित्सक हुन् । तर मन्त्री यस्ता काम गरेर विवादमा आउनु भन्दा मन्त्रालय छाड्न तयार भएका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com