स्वास्थ्य सेवा विभागकाे महानिर्देशकमा बिच्छा, विरमा डा. भूपेन्द्र


काठमाडौ । कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल , (वीर)का प्रमुख प्रशासकीय अधिकारीमा डा. भूपेन्द्र बस्नेतलाई पठाइएको छ । वीरका प्रमुख जागेश्वर गौतमलाई हटाएर उनलाई ल्याइएको स्वास्थ्य सचिव डा. रोशन पोखरेलले बताए ।
गौतमलाई प्रसूति गृहमा सरूवा गरेर उनको ठाउँमा बस्नेतलाई ल्याइएको हो । बस्नेत वीर अस्पतालको निर्देशक भइसकेका व्यक्ति हुन् । डा. रूद्र मरासिनीलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा पठाइएको भने पनि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री शेर बहादुर देउवाले रोकेका थिए ।
यता कात्तिक ७ गते अवकाश पाउन लागेका डा. आरपी बिच्छालाई स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । अहिले कान्तिबाल अस्पतालको निर्देशक रहेका विच्छा ११ तहका चिकित्सक हुन् । विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहलाई भने मन्त्रालय फिर्ता बोलाउने तयारी भएको छ ।
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com