खोपदेखि आइरन चक्कीसम्ममा स्वास्थ्य सेवा विभागमा बेथिति
 
	
                                            काठमाडौं । महालेखापरीक्षकको कार्यालयले स्वास्थ्य सेवा विभागले खरिद गरेको खोपदेखि आइरन चक्कीसम्म बेथिति देखाएको छ । महालेखापरीक्षकको कार्यालयले ६१ औं वार्षिक प्रतिवेदनले स्वास्थ्य सेवा विभागका विभिन्न बेथिति औंल्याएको हो । खोपदेखि आइरन चक्कीसम्म त्यो बेथितिभित्र पछर्न ।
खोप कार्यक्रमको विकास गर्न खोप ऐन,२०७२ मै खोप कोषको व्यवस्था गरिएको छ । तर, खोप कोष स्थापना नै नगरी कार्यसञ्चाल कोषमा रकम जम्मा गरेको महालेखाले औंल्याएको हो । बालबालिकालाई निःशुल्क रुपमा उपलब्ध गराउने खोप खेर गएको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
चीन सरकारबाट अनुदान प्राप्त १ अर्ब ५६ करोड ६८ लाख रुपैयाँ बराबरको २० लाख भायल खोप स्वास्थ्य सेवा विभागले प्रयोग नै नगरी खेर फ्यालेको महालेखाको ठहर छ । करोडौंका औषधिहरु आपूर्तिकर्ताबाट प्रतिस्थापन नगरी म्याद गुजारेर राखेको प्रतिवेदनले औंल्याएको हो ।
१८ करोड ५० लाख ७० हजार रुपैयाँ बराबरको २१ करोड ३५ लाख आइरन चक्की खरिद गरेकोमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, कोशी अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभागले त्यो आइरन चक्की उपलब्ध नगराएको महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको छ । विभागले ८ करोडको फाराम छापेर २ करोड बढीको प्रयोगमा नआएको पाइन्छ । यो कमिसनका लागि खरिद गरेको पुष्टि हुन्छ ।
स्वास्थ्य सेवा विभागमा भएको दरबन्दी बेगरको नियुक्ति, कर कट्टी र कार्यक्रम खर्चमा पनि महालेखाले प्रश्न उठाएको छ ।
क्याटेगोरी : समाचार

 
                            
                             
				 
				 
				 
				 
				 
				 
				 
				
 
             
             
             
             
             
            
तपाईको प्रतिक्रिया दिनुहोस